• काठमाडौं : पहाडी तथा हिमाली जिल्लामा दिउँसो १२ बजेपछि उडान गर्न नदिने निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरण पछि हटेको छ । चौतर्फी विरोधपछि प्राधिकरणले मौसमको अवस्था हेरेर र सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै १२ बजेपछि पनि उडान गर्न दिने निर्णय गरेको हो ।

    प्राधिकरणले दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुअघि हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडानरअवतरणका लागि उपयुक्त भएको हुनुपर्ने जनाएको छ । जहाजलाई आवश्यक पर्ने तोकिएको दूरीसम्म ककपिटबाट आँखाले हेर्दा देखिने दूरी सफा रहेको सुनिश्चित गरेर मात्रै जहाजका कप्तान पाइलट र उडान सञ्चालन गर्ने वायु सेवाका डिस्प्याचरले ‘उडानयोग्य मौसम भएको’ लिखित घोषणा विमानस्थलमा अनिवार्य बुझाउनुपर्ने छ । अनि मात्रै अतिरिक्त समयमा उडान अनुमति दिइने छ ।

    त्यसैगरी दुर्गममा उडान गर्दै आएका वायु सेवाले नेपालगञ्ज विमानस्थलमा फ्लाइट अपरेसन अफिसर ९एफओओ० अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।