• काठमाडौं : भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ ।

    आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३–१ ले पराजित भएको हो ।
    भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा आज बुधवार भएको खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भयो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।

    साविक उपविजेता नेपालले अब आउँदो शनिवार असार ९ गते घरेलु टोली भारतसँग खेल्नेछ । समूह ुएु मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह ुबीु मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

    प्रतियोगिताको १४ औँ संस्करणमा लेबनान र कुवेतले आमन्त्रित टोलीको रूपमा खेल्न लागेका हुन् । सार्कमा रहेको श्रीलङ्का भने फिफाको प्रतिबन्धका कारण यस पटक प्रतियोगितामा सहभागी हुन पाएको छैन ।

    दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो असार १९ गते हुनेछ ।