

-
काठमाडौं । तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादवको कार्यकालमा इम्बोस्ड नम्बर प्लेटको भाषाको बिषयलाई लिएर ठूलै बिबाद भएको थियो ।
यातायात विभागले असार भित्रै इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भन्दै सार्वजनिक सूचना जारी गरेपछि सडकदेखि सदनसम्म तात्यो ।
हुन त, इम्बोस्ड नम्बर प्लेटको ठेक्का प्रक्रियादेखि नै यो बिषयमा बिबादित नभएको भने होइन । नेपाली भाषा नै इम्बोष्ड नम्बरमा हुनुपर्ने बिषयलाई लिएर चार बर्ष सर्वोच्च अदालतमा यो बिषय रोमल्लियो ।
मुद्दा, भाषा विवाद र शुल्कको बिषयका कारण ठेक्का सम्झौता भएको ५ बर्षसम्म इम्बोस्ड नम्बर प्लेटको कुनै काम अघि बढ्न सकेन ।
५ बर्षमा २५ लाख सवारी साधनमा प्लेट जडान गरिसक्नुपर्ने सम्झौता सहित सरकारले डेकाटुर टाइगर मलेसियन कम्पनीलाई जिम्मा दिएपनि विवादकै कारण हालसम्म ३० हजार बढी सवारीमा मात्रै जडान भएको छ ।
ठेक्का सम्झौता सकिएपछि थप २२ महिन समय थपिएपनि डेकाटुर टाइगरले लक्ष्य अनुसार इम्बोस्ड नम्बर प्लेट छपाई गर्न सकिरहेको छैन ।
इम्बोस्ड नम्बर प्लेटको प्रक्रिया चरणबाटै ढिलाई भएको इम्बोस्ड पछिल्लो समय भाषा परिवर्तन बिषयले निकै चर्चा पाईरहेको छ ।
ढिलोगरी अघि बढेको इम्बोस्ड नम्बर जडान प्रक्रिया समेत अल्मलिने गरि पुनः कानुन संशोधन गरेर भाषा हेरफेर गर्ने सरकारले तयारी गरेको छ । खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको अग्रसर्तामा इम्बोस्ड नम्बर प्लेटको भाषमा हेरफेर गर्नेगरी प्रक्रिया अघि बढेको छ ।
लामो समय ढिलाइ भएर अघि बढेको प्रक्रिया पुनः भाषाको बिषयले पछि मात्रै धकेलिने संकेत दिएको छ ।
यातयात मन्त्रालयले कानुन संशोधन गरेर अग्रेजी भाषामा छपाई भइरहेको इम्बोस्ड नम्बर प्लेटलाई नेपाली बजाउन कानुन मन्त्रालयलाई राय पठाएको छ । सँगसँगै इम्बोस्ड नम्बर प्लेटको सम्पूर्ण जिम्मा पाएको डेकाटुर टाइगरलाई समेत भाषा परिवर्तनका लागि आवश्यक प्रक्रिया र उपाएको समय माग गरिरहेको छ ।
मन्त्री राइले पदभार सम्हाल्दा बनाएको समितिलेपनि कानुन संशोधन गरेर नम्बर प्लेटलाई नेपाली बनाउन सकिने निष्कर्ष निकालेको छ ।
मन्त्रालयले भाषा परिवर्तन गर्ने गरी प्रक्रिया अघि बढाएपनि यस अघि छपाई भएका र ३० हजार माथि सवारीसाधनमा जडान भएका नम्बर प्लेटका हकमा के व्यस्वस्था हुन्छ भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
जडान भएका ३० हजार प्लेट के हुन्छन ?
हालसम्म डेकाटुर टाइगरले ३० हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरेको छ भने डेढ लाख प्लेट छपाइ गरेर यातायात कार्यालयलाई पठाउन बाँकी छ ।
यदि कानुन संसोधन गरेर इम्बोस्ड नम्बर नेपाली भाषामै भयो भने अँग्रजी भाषामा चर्को शुल्क तिरेर नम्बर प्लेट जडान भएका सवारीसाधनको व्यवस्थापनको बिषय कसरी गर्ने सरकारसँग कुनै मोडालिटि छैन । नेपाली भाषा नै लागु गर्ने हो भने अँग्रजी भाषामा प्रिन्ट भएका प्लेटको लगानी खेर जाने देखिन्छ ।
अहिले जडान भएको इम्बोस्ड नम्बरको शुल्क २४ सयदेखि ३६ सम्म पर्न आउछ । महाङ्गो शुल्क तिरेर जडान गरेको प्लेटका लागी नेपाली भाषामा पुनः खर्च गर्नु पर्ने हो अथवा जडान भएकै प्लेटमा नेपाली भाषा थप्न व्यवस्था हुन्छ भन्ने बिषयमा सेवाग्राही अलमलमा छन ।
यातायात मन्त्रीलै इम्बोस्ड नम्बर तथा सवारी चलक अनुमति पत्रमा देखिएका समस्याको अध्ययन गर्न बनार्एको कमिटिका एक सदस्यले जडान भएसकेका र प्रिन्ट भइसकेक इम्बोस्ड नम्बरको बिषयमा पनि विकल्प खोजिएको बताए ।
‘अहिले मन्त्री ज्युको धारणा नेपाली भाषा नै इम्बोस्ड नम्बर हुनुपर्छ भन्ने छ‘ ती अधिकारीले भने भने‘ सवारीसाधनमा जडान नै भइसकेको प्लेटको बिषयमा सहुलियत दिएर नेपाली भाषासहितको नम्बर प्लेट कार्यान्वयनमा ल्याउने तयारी छ।’
जडान भइसकेका सवारीको हकमा छुट्टै मापदण्ड बनाएर जाने मन्त्रालयले तयारी गरेको छ । जसमा अँग्रेजी शब्दलाई नपालीमा रुपान्तरण कसरी गर्ने, शुल्क दर, अथवा प्लेट नै फेर्न लगाउने बिषयमा अनऔपचारीक छलफल भएको तर, कानुन संशोधन भएपछि मात्रै थप काम अघि बढ्ने बताइएको छ ।
News Desk 0 response मङ्लबार, साउन १०, २०७९
इम्बोस्ड नम्बरको बिषयमा छलफल प्रक्रिया अघि बढाएको यातायात मन्त्रालयले कानुन मन्त्रालय र ठेक्का कम्पनि मार्फत राय आएपछि कानुन संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

सम्बन्धित शीर्षकहरु
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



