

-
म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियान्तालाई मृत्युदण्ड दिएको छ । सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो भनेर आधिकारिक रूपमा खुलाइएको छैन ।
आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पूर्व सांसद फ्यो जेया था, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ्ग र आङ्ग थुरा जालाई मृत्युदण्ड दिइएको सरकारी समाचार संस्था ग्लोबल न्युज लाइट अफ म्यानमारले जनाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्ड दिइएको हो ।
गएको जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेका थिए । म्यानमारमा सन २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो । आङ सान सुकीले नेतृत्व गरेको नेश्नल लिग फर डेमोक्रेसी (एनएलडी) को नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएको थियो ।
सैन्य ‘कु’ को विरोधमा गठन गरिएको छायाँ सरकारले मृत्युदण्डको निन्दा गरेको छ । ती चार जनाको परिवारका सदस्यहरू याङ्गुनको इन्सेन जेलमा अधिकारीहरूसँग भेट्न कुरिरहेका बीबीसीले जनाएको छ । पूर्व सांसद फ्योकी श्रीमती थाजीन युन्ट आङले आफूलाई मृत्युदण्ड कार्यान्वयन गरिएको विषयमा जानकारी नदिइएको बताएकी छिन् ।
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले चार जनालाई मृत्युदण्ड दिने निर्णय व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारको निर्मम हनन भएको प्रतिक्रिया दिएका छन् । सैन्य ‘कु’ यता सुकी नजरबन्दमा छिन्। उनीमाथि भ्रष्टाचारलगायतका आरोपहरू लगाइएको छ । ती सबै आरोपमा दोषी ठहरिए उनलाई १ सय ५० वर्षसम्मको जेल सजाय हुनसक्छ ।
News Desk 0 response मङ्लबार, साउन १०, २०७९

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



