

-
लमजुङ : यहाँ जीर्ण बन्दै गरेको जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् ।
बेँसीसहर नगरपालिका– ८ मा रहेको यस कारागारमा रहेका कैदीबन्दी यतिबेला गर्मी र उडुसको टोकाइले मारमा पर्ने गरेका हुन् ।
यहाँ वरिपरी अग्लो पर्खाल, पर्खालबाट सानो ढोकाभित्र छिरेपछि असरल्ल त्रिपालको बार अनि त्यहाँभित्र भूइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको स–साना र अँध्यारा कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मान्छे, नजिकै शौचालयबाट आइरहेको दुर्गन्ध । यो कष्टकर र अत्यास लाग्दो चित्र जिल्ला कारागारको हो ।
उनीहरुलाई कानुनअनुसारको सजाय भइरहेको भए पनि कानुनी मापदण्डको यहाँको कारागारको संरचना छैन । मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । कानुनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त छ । हाल यहाँ १०२ कैदीबन्दी रहेका छन् ।
पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वभाविक रुपमै यी समस्या रहेको अड्कल गर्न सकिन्छ । संरचनाको अभाव तथा जीर्ण हुँदै गएको कारागारमा चिसो याम होस् वा गर्मी याम यहाँ उनीहरु बाह्ैमहिना दिनरात समस्याले गर्दा चिन्तामै हुने गरेका छन् ।
पाँच वर्षदेखि जबरर्जस्ती करणी मुद्दामा कैद सजाय भोग्दै आएको चौकीदार नवीन गुरुङले भने, “यहाँ साघुरो ठाउँ छ, त्यहीमाथि क्षमताभन्दा झण्डै चार गुणा कैदीबन्दी छन्, यसले गर्दा खान बस्न, सुत्न त समस्या भइहाल्छ, त्यति मात्र होइन यतिबेला गर्मीको समय भएकाले धेरै जना कोचिएर सुत्नुपर्दा बढी गर्मी हुने गरेको छ, उडुस परेकोले उडुस मार्दै सुत्नु परेको छ ।”
तीन वटा शौचालय मात्र रहेकाले शौचालय जान पनि कति बेला पालो आउला भनेर पालो कुर्नुपरेको कैदीबन्दीको गुनासो छ । कैदीबन्दीका अनुसार वर्षा हुँदा पानी समेत रसाउने तथा भित्र छिर्ने गरेको छ । कारागारमा गर्मीको समयमा पङ्खासमेत पर्याप्त नहुँदा समस्या भइरहेको बताइएको छ ।
यहाँका कैदीबन्दीले समस्याको समाधान गर्न सरकारसँग माग गर्दै आए पनि समस्या जहाँकोतहीँ जीवत छ । यो कारागार विसं २०२८ मा कुन्छाबाट बेँसीशहरमा सदरमुकाम सरेसँगै निर्माण गरिएको थियो । कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना गरी चार रोपनी क्षेत्रफलमा फैलिएको छ ।
सङ्ख्याका आधारमा कारागाराका लागि आठ रोपनीभन्दा बढी क्षेत्रफल आवश्यक पर्ने देखिए पनि सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ÷हुँदैन भनेर केही वर्षअघि नै माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो ।
कारागारका जेलर तारा तामाङले भन्नुभयो, “३५ जनाको क्षमताको कारगारमा उक्त सङ्ख्यामा हुँदा उनीहरुलाई विभिन्न समस्या भइरहेको छ, यो पुरानो संरचना हो, भौतिक संरचना निर्माण गर्न जरुरी छ, हामीले पहल गरिरहेका छौँ ।”
बेलाबेलामा उडुसको औषधि हाले पनि औषधिले उडुस नमर्दा समस्या भएको जिल्ला कारागारले जनाएको छ । कारागारका अनुसार यहाँ पहिलाभन्दा केही सहज भए पनि समस्या धेरै रहेको छ । कैदीबन्दीलाई मात्र नभइ यहाँ सुरक्षाकर्मीलाई समेत समस्या छ । कारागारको २ नम्बरको सुरक्षा पोष्ट भवनको पर्खाल नै भत्किएको छ ।
यहाँ जोखिम मोलेर नेपाल प्रहरीले डिउटी गर्ने गरेका छन् । यस कारागारमा रहेका कैदीबन्दीमा सुगर, दम, क्षयरोग लगायतका समस्या रहेको कारागारले जनाएको छ ।
News Desk 0 response सोमवार, साउन ९, २०७९

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



