• भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् ।

    सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।

    मुर्मूले २ हजार ८ सय २४ र सिंहले १ हजार ८ सय ७७ मत पाइन् ।

    जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नेछिन् । उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत भएको बीबीसी हिन्दीले जनाएको छ । उनको जन्म सन् १९५८ को जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा भएको थियो । उनी झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्छन्।

    उनले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी थिइन् । पारिवारिक जीवनमा निकै सङ्कट भोगेकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाएकी छिन्।