

-
मस्को : आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको पनि जानकारी दिएको छ ।
अधिकारीहरुले वार्ता आइतबार नै गराउने प्रयास भएको भएपनि तयारी पुरा नभएको र पर्याप्त वातावरण नबनेकाले वार्ता हुन नसकेको उल्लेख गरेका छन् ।
रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौ दिनमा वार्ता हुन लागेको र त्यसका लागि दुवै तर्फका प्रतिनिधिहरु आउदै गरेको बेलारुसको भनाई छ ।यसअघि वार्ताका लागि तयार नभएको युक्रेनले अहिले भने प्रतिनिधि पठाउन तयार भएको छ । दुवै देशको छिमेकी बेलारुसमा वार्ता हुन लागेको हो ।
रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो ।“रुस र युक्रेनका बीचमा वार्ता गराउन सवै तयारी पुरा भएको छ, हामी दुवै देशका प्रतिनिधिहरुको प्रतिक्षामा छौँ, आशा छ उनीहरु आउने छन् र वार्ता पनि सकारात्मक हुनेछ,” बेला रुसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ ।
वार्ताका लागि तयार पारिएको ठाउँमा राखिएको लामो टेवल र केही कुर्सी सहितको फोटो पनि मन्त्रालयले सार्वजनिक गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका छन् । उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिए ।
News Desk 0 response सोमवार, फाल्गुन १६, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


