

-
संखुवासभा- सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ। मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।
गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुङ्गा प्रहार भएको वडाध्यक्ष राईले बताए। अज्ञात व्यक्तिको ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन्।
ढुंगा प्रहारबाट ढाड, हातमा चोट लागेको वडाध्यक्ष राईले बताए। ढुंगा प्रहारबाट वडाध्यक्ष राई प्रयोग गर्ने बा१व १४५३ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको राईले बताए।
वडाध्यक्ष राई गाउँपालिकाबाट मोटरसाइकलमा घर फर्किने क्रममा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको थियो। वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षलाई ढुङ्गा प्रहार गरिएको घटनाको भर्त्सना गरेको छ। मंगलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको हो। गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न जो कोही भए पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने बताइएको छ।
लोकतान्त्रिक शासन पद्धतिमा नागरिकको माग लोकतान्त्रिक ढङ्गले सम्बोधन गर्ने व्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्यक्तिमाथि साङ्घातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ।
News Desk 0 response बिहिबार, माघ ६, २०७८


सम्बन्धित शीर्षकहरु
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२