

-
काठमाडौँ : विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको बताएका छन् ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताएका हुन् ।
ओमिक्रोनले कोरोनाबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नु समेत गलत रहेको उनको भनाइ थियो ।ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दान गर्न नहुने गेब्रेयससको भनाइ थियो । उनले भने, ‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ’ उने भने, ‘ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भएको छ र सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड भएको छ ।’
गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनीसमेत दिएका छन् ।विश्व नेतालाई चेतावनी दिँदै उनले भने, ‘संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ(नयाँ भेरियन्ट देखिन सम्भावना रहेको छ र यही कारण निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक छ ।’
त्यस्तै, गेब्रेयससले पत्रकार सम्मेलनमा ओमिक्रोनका कारण गत हप्तामात्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको पनि बताए । कैयौं मुलुकमा खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको पनि उनको भनाइ थियो ।युरोपका केही मुलुकमा दैनिक कोभिड संक्रमण हालसम्मकै उच्च बिन्दुमा पुगेका बेला गेब्रेयससको पछिल्लो भनाइ आएको हो ।
ओमिक्रोन सक्रिय भेरियन्टको रुपमा देखा परेयता युरोपमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार फ्रान्समा अहिलेसम्मकै धेरै अर्थात् चार लाख ६४ हजार ७६९ जना नयाँ संक्रमित थपिएका छन् । जुन सोमबार थपिएका एक लाख २ हजार १४४ भन्दा झण्डै पाँच गुणाले बढी हो ।
इटलीमासमेत मंगलबार दुई लाख २८ हजार १७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जबकि त्यहाँ अघिल्लो दिन ८३ हजार ४०३ जना नयाँ संक्रमित थपिएका थिए ।यता डेनमार्कमा पनि हालसम्मकै धेरै संक्रमित थपिएका छन् । त्यहाँ मंगलबार ३३ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
News Desk 0 response बुधबार, माघ ५, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


