• पेरिस : फ्रान्समा कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा व्यापक प्रदर्शन भएको छ ।राजधानी पेरिस लगायतका सहरमा भेला भएका हजारौँ सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

    आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको विरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।प्रदर्शनकारीहरुले फ्रान्समा किशोर किशोरीहरुलाई खोपका बारेमा जानकारी समेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको पनि बताएका छन् ।

    प्रदर्शनकै क्रममा टेनिस स्टार नोभाक जोकोभिजलाई अस्ट्रेलिया सरकारले खोप नलगाएको भरमै भिसा नदिएकोमा पनि प्रदर्शनकारीले अस्ट्रेलियाली सरकार विरुद्ध समेत नारा लगाए ।फ्रान्सको इतिहासमा एलो टिसर्टपछिको यो नै ठुलो प्रदर्शन भएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ । फ्रान्समा कोरोना विरुद्धको खोप नलाउनेको सङ्ख्या उल्लेख्य छ ।

    यसअघि फ्रान्सको माथिल्लो सदनले खोप अनिवार्य गर्ने विधेयकलाई मान्यता दिएको थियो ।