

-
लन्डन : बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ ।
इङ्गल्याण्डमा कोरोनाभाइरसको फैलावट उच्च रहेको जनाइएको छ । यहाँको तथ्याङ्कअनुसार जनवरी ६ सम्मको हप्तामा १५जना मध्ये एक जनामा यो कोरोनाभाइरस सङ्क्रमण भएको जनाइएको छ । वेल्समा, गत हप्ता २० मध्ये एक जनामा अर्थात गत हप्ता एक लाख ५७ हजार ९०० जनामा यो रोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ ।
स्कटल्याण्डमा २० मा एक, वा दुई ९७ हजार ४०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका बताइएको छ । उत्तरी आयरल्याण्डमा एक हप्तामा दुई लाख ३८ हजार मानिसहरू सङ्क्रमित भएका अनुमान गरिएको छ ।कोभिड १९ को सङ्क्रमण इङ्गल्याण्डको पूर्वी भाग र लन्डन बाहेक इङ्गल्याण्डका सबै क्षेत्रहरूमा बढ्दै गएको ओएनएसले जानकारी दिएको छ ।
बेलायतले पछिल्लो २४ घण्टाको अवधिमा एक लाख २९ हजार ५८७ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । हाल बेलायतमा कुल कोरोना सङ्क्रमितको संख्या १ करोड ४८ लाख ६२ हजार १३८ जना पुगेको बुधबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले जानकारी दिएको छ ।
गत २४ घण्टामा बेलायतमा थप ३९८ कोरोनाभाइरस सङ्क्रमणको कारण मृत्युहरू भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु भएको कूल मृतकको संख्या एक लाख ५१ हजार भन्दा बढी पुगेको ओएनएसले जनाइएको छ । बेलायतमा १२ वर्ष र सोभन्दा माथिका ९० प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज पाएका छन् र ८३ प्रतिशतभन्दा बढीले दुवै डोज खोप लगाएका छन् । पछिल्लो तथ्याङ्कअनुसार ६२ प्रतिशतभन्दा बढीले कोरोनाभाइरस खोपको तेस्रो डोज प्राप्त गरेका छन् ।
News Desk 0 response बिहिबार, पुस २९, २०७८


सम्बन्धित शीर्षकहरु

एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न सफल, मृतकका परिवारलाई १ करोड क्षतिपूर्ति
शुक्रबार, जेष्ठ ३१, २०८२-
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश,..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश,..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२