

-
लन्डन : बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ ।
इङ्गल्याण्डमा कोरोनाभाइरसको फैलावट उच्च रहेको जनाइएको छ । यहाँको तथ्याङ्कअनुसार जनवरी ६ सम्मको हप्तामा १५जना मध्ये एक जनामा यो कोरोनाभाइरस सङ्क्रमण भएको जनाइएको छ । वेल्समा, गत हप्ता २० मध्ये एक जनामा अर्थात गत हप्ता एक लाख ५७ हजार ९०० जनामा यो रोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ ।
स्कटल्याण्डमा २० मा एक, वा दुई ९७ हजार ४०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका बताइएको छ । उत्तरी आयरल्याण्डमा एक हप्तामा दुई लाख ३८ हजार मानिसहरू सङ्क्रमित भएका अनुमान गरिएको छ ।कोभिड १९ को सङ्क्रमण इङ्गल्याण्डको पूर्वी भाग र लन्डन बाहेक इङ्गल्याण्डका सबै क्षेत्रहरूमा बढ्दै गएको ओएनएसले जानकारी दिएको छ ।
बेलायतले पछिल्लो २४ घण्टाको अवधिमा एक लाख २९ हजार ५८७ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । हाल बेलायतमा कुल कोरोना सङ्क्रमितको संख्या १ करोड ४८ लाख ६२ हजार १३८ जना पुगेको बुधबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले जानकारी दिएको छ ।
गत २४ घण्टामा बेलायतमा थप ३९८ कोरोनाभाइरस सङ्क्रमणको कारण मृत्युहरू भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु भएको कूल मृतकको संख्या एक लाख ५१ हजार भन्दा बढी पुगेको ओएनएसले जनाइएको छ । बेलायतमा १२ वर्ष र सोभन्दा माथिका ९० प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज पाएका छन् र ८३ प्रतिशतभन्दा बढीले दुवै डोज खोप लगाएका छन् । पछिल्लो तथ्याङ्कअनुसार ६२ प्रतिशतभन्दा बढीले कोरोनाभाइरस खोपको तेस्रो डोज प्राप्त गरेका छन् ।
News Desk 0 response बिहिबार, पुस २९, २०७८

सम्बन्धित शीर्षकहरु
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



