

-
अमेरिका–इजरायल र इरानबीच चलिरहेको युद्धमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग भएको खुलेको छ । अन्तर्राष्ट्रिय सैन्य इतिहासमा नयाँ अध्यायका रूपमा देखा परेको एआईको प्रयोगले युद्धभूमिमा व्यापक र निर्णायक भूमिका खेलिरहेको अमेरिकी पत्रिका वासिङ्टन पोस्टले जनाएको छ ।
वासिङ्टन पोस्टका अनुसार अमेरिकी सेनाले युद्ध शुरू भएको पहिलो २४ घण्टामै १ हजार लक्ष्यमा आक्रमण गर्न एआईको सहारा लिएको थियो । यस्तै एनबीसी न्युजका अनुसार अमेरिकी सेनाले प्यालान्टिर कम्पनीको एआइ प्रणाली मार्फत आक्रमणकालक्ष्यहरू पहिचान गरिरहेको छ, जो आंशिक रूपमा एन्थ्रोपिकको क्लड मोडेलमा आधारित छ ।
अहिलेसम्म ५ हजार ५ सयभन्दा बढी लक्ष्यमा आक्रमण भइसकेको छ । कमान्डरहरूले एआईले तथ्याङ्क विश्लेषण गर्ने र अन्तिम निर्णय मानिसकै हातमा रहने बताए पनि यो दाबी विवादमुक्त छैन । मिनाब शहरको एक बालिका विद्यालयमा मिसाइल हमला भई १ सय ६५ जनाको ज्यान गएको घटनामा विशेषज्ञहरूले एआईको पुरानो डेटालाई जिम्मेवार ठहर्याएका छन् ।
अर्कातिर एन्थ्रोपिकले आफ्नो मोडेल स्वायत्त हतियारमा प्रयोग नगर्ने अडान लिएपछि ट्रम्प प्रशासनले कम्पनीलाई कालोसूचीमा राखेको छ । यही विवाद लिएर कम्पनी अदालत पुगेको छ । यो युद्धले एआईको सैन्य अपरिहार्यता र निर्दोष जीवनमाथिको खतराबारे विश्वव्यापी बहस चर्को बनाएको छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



