

-
मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उपायबारे प्रमुख औद्योगिक देशहरूका अर्थमन्त्रीहरूले छलफल गर्ने भएका छन् । फ्रान्स सरकारका अनुसार आज हुने बैठकमा तेल बजारलाई स्थिर बनाउन रणनीतिक तेल भण्डार प्रयोग गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गरिनेछ ।
फ्रान्सको अर्थ मन्त्रालयले बैठकमा खाडी क्षेत्रको पछिल्लो अवस्थासहित त्यसको विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे समीक्षा गरिने जनाएको छ । पछिल्ला दिनहरूमा अमेरिका–इजरायल र इरानबीचको युद्ध तीव्र हुँदै जाँदा मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने आशङ्का बढेको छ ।
यही कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ र धेरै देशका शेयर बजारहरूमा पनि अस्थिरता देखिएको छ । फ्रान्सले अहिले प्रमुख औद्योगिक देशहरूको समूहको अध्यक्षता गरिरहेको छ, जसमा क्यानडा, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पनि सदस्य छन् ।
ऊर्जा सङ्कटको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती देशहरूले अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्रमार्फत संयुक्त रूपमा रणनीतिक तेल भण्डार बजारमा ल्याउने विषयमा पनि छलफल थालेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल मूल्य बढ्नु इरानको आणविक खतरा हटाउनका लागि तिर्नुपर्ने सानो मूल्य भएको बताएका छन् ।
सन् १९७३ को तेल सङ्कटपछि ऊर्जा आपूर्ति अवरोधको अवस्थामा सदस्य देशहरूबीच समन्वय गरेर प्रतिक्रिया दिन अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्र स्थापना गरिएको थियो । ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सदस्य देशहरूले कम्तीमा ९० दिनको आयात बराबरको आपतकालीन तेल भण्डार राख्ने व्यवस्था रहेको छ, जसलाई आवश्यकता परे बजार स्थिर बनाउन प्रयोग गर्न सकिन्छ ।
News Desk 0 response सोमवार, फाल्गुन २५, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



