

-
चितवन : नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो ।
जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताए । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छाडेको र यसपटक स्याङ्जास्थित काली र कोसी नदीमा पनि माछाका भुरा छाड्ने योजना रहेको यादवले बताए । यसअघि मकवानपुरको सामारी नदीमा पनि ३४ हजार माछाका भुरा छाडेको उनको भनाइ छ ।
खोलानालामा फोहर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्नेलगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्थर विकासका लागि आफूहरुले यो कार्यक्रम गरेको यादवको जानकारी दिए । मेचीबाट महाकालीसम्म कार्यक्षेत्र रहेको यस कार्यालयले नदीनालाको अध्ययन गरी कुन माछा सङ्कटमा छ त्यसका आधारमा माछालाई प्रवद्र्धन गर्न माछाका भुरा छाडिँदै आएको उनले बताए ।
नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहने गरेको यादवले जानकारी दिए ।
जलाहारी, बोटेलगायत समुदायको आयस्तर विकास गर्न र नदीनालाबाट माछा मारेर जीवन निर्वाह गर्ने समुदायको हितका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । यसले पानीमा आश्रित गोहीलगायतका जनावरलाई समेत फाइदा पुग्ने छ ।
News Desk 0 response शुक्रबार, पुस २३, २०७८


सम्बन्धित शीर्षकहरु

एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न सफल, मृतकका परिवारलाई १ करोड क्षतिपूर्ति
शुक्रबार, जेष्ठ ३१, २०८२-
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश,..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश,..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२