

-
ढाका : कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका बताएका छन् ।
पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरुले यदि मानिसहरुले जनस्वस्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन् ।
पछिल्लो हप्तामा यहाँ यो भाइरस निकै तीव्र गतिमा फैलिरहेको बताएका छन् । उनीहरुका अनुसार यहाँ आइतबार मात्र ५५७ जनामा यो सङ्क्रमण बढेको बताइएको छ ।यो बृद्धिदर २.९७ हो । आइतबारको मात्र संक्रमित दर यतिधेरै देखिएको र यो गएको तीन महिनायताकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।
हालसम्म बंगलादेशमा १५ लाख ८६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यस्तै यहाँ २८ हजारभन्दा बढी मानिसको यो सङक्रमणबाट मृत्यु भएको बताइएको छ । यहाँ पछिल्लो समयमा एक घातक भाइरसका रुपमा देखिएको ओमिक्रोन भेरियन्टका बारेमा भने केही बताइएको छैन ।
News Desk 0 response सोमवार, पुस १९, २०७८

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



