

-
रुपन्देही : मानव बेचबिखन तथा ओसारपसारका आयाम तथा स्वरुप फेरिएकाले नियन्त्रणमा चुनौती थपिएको जनाइएको छ । वैदेशिक रोजगार, होटल, रेष्टुराँ, बारमा काममा लगाउने नाममा नक्कली विवाह गर्नेजस्ता कार्यले यसको नियन्त्रणका लागि समस्या थपिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान कार्यक्रममा सरोकारवालाले मानव बेचबिखन नियन्त्रणका लागि तीन तहका सरकारको समन्वय र सहकार्यमा नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका थिए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले मानव बेचबिखन सामूहिक प्रयत्नको खाँचो औँल्याइन् । मन्त्रालयका सहसचिव रोशनीकुमारी श्रेष्ठले लागुऔषधको कारोबारपछि दोस्रो ठूलो अपराधका रुपमा मानव बेचबिखन देखिएको बताइन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा लुम्बिनी प्रदेश सरकारका नीति कार्यक्रमबारे जानकारी गराउँदै कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले सरकारको प्रयासले मात्रै मानव बेचबिखन नियन्त्रण सम्भव नरहेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
बुटवल उपमहानगरपालिका, सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्यालले समाजमा हुने हिंसा, विभेद र मानव बेचबिखन नियन्त्रणका लागि नगरमा टोल निगरानी समिति बनाएर निगरानी बढाएको र सोहीअनुसार कार्यक्रमसमेत बनाएर कार्यान्वयन गरिएको बताइन् । कार्यक्रममा अधिकारकर्मी रिमा बिसी, सावित्रा घिमिरे, उषा गुरुङ, पत्रकार अस्मिना पाण्डेलगायतले घरेलु हिंसा र दुव्र्यवहारका कारण पनि महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको बताए ।
News Desk 0 response बुधबार, पुस १४, २०७८

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



