• बङ्गलादेशमा एउटा फेरीमा भएको आगलागीमा ३२ जनाको मृत्यु भएको छ ।राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा आज (शुक्रबार) बिहान आगो लागेको हो । फेरीमा ५०० यात्रु सवार थिए ।

    ‘तीन तले सो फेरी नदीको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छौँ ।

    मृतकको सङ्ख्या अझै बढ्न सक्छ ,’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आगो लागेपछि कोही नदीमा हाम फालेका थिए ।

    फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    बङ्गलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । मर्मत सम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउँछन् ।