

-
कञ्चनपुर : वातावरण सन्तुलन राख्न मद्दत पु¥याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिन थालेको छ । परम्परागत घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउराको प्रयोग घटाएर वन संरक्षणमा टेवा पु¥याउन वायोग्यास, सुधारिएको चुलो र विद्युत्को विकल्पका रुपमा सडक सौर्य ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउँदै आएको छ ।
विकट ग्रामीण क्षेत्रमा दाउराको अत्यधिक प्रयोग हुने गरेकाले वातावरण प्रदूषण, वन विनाससँगै स्थानीय बासिन्दामा स्वाशप्रश्वाससम्बन्धी रोगको सङ्क्रमण बढ्दो रुपमा रहेकाले त्यसलाई न्यूनीकरण गर्न अनुदान रकम उपलब्ध गराएर वायोग्यासको प्रयोगलाई सबैको पहुँचमा पु¥याउने कार्यलाई निरन्तर रुपमा अगाडि बढाइदै आएको नगरपालिकाको ऊर्जा एकाइका प्रमुख सुरेन्द्रदेव भट्टले बताए ।
“वायोग्याससहित शौचालय निर्माण गर्नेलाई रु ३० हजारका दरले प्रति प्लान्ट अनुदान रकम उपलब्ध गराउँदै आएका छौं”, उनले भने । नगरपालिकाको अनुदानमा आव २०७६/७७ मा १५ र आव २०७७/७८ मा १८ गरी ३३ वायोग्यास प्लान्ट निर्माण भइसकेका छन् । चालू आवमासमेत २० भन्दा बढी वायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएको छ । विपन्नसँगै दुर्गम क्षेत्रमा रहेका बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर वायोग्यासका लागि अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको एकाइ प्रमुख भट्टको भनाइ छ । नगरपालिकाका १२ वटै वडाका २५० घरघुरीलाई सुधारिएको चुलोसमेत वितरण गरिएको छ ।
सुधारिएको चुलोका लागि ८० प्रतिशत रकम सङ्घीय सरकारले र २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने गरी सुधारिएको चुलो वितरण गरिएको छ । नगरपालिकाको विद्युत्को व्यवस्था नभएका क्षेत्रमा सडक सौर्य बत्ती २५ खम्बामा जडान गरिएका छन् ।
सौर्य बत्तीका लागि लाग्ने सबैखर्च नगरपालिकाले व्यहोरेको छ । सर्वसाधारणलाई सडक क्षेत्रमा हिँडडुल गर्न सहजताका लागि सौर्य बत्ती जडान गरिएको बताइएको छ । सौर्य सडक बत्तीका लागि मात्रै आव २०७७/७८ मा रु २५ लाख रकम खर्च गरिएको छ । विद्युतीकरण भएका वडा नं ४, ११, १०, ९, ५, ७, ८ र ६ मा सेन्सरयुक्त सडक बत्तीसमेत जडान गरिएका छन् ।
नगरपालिकाका भौगोलिक रुपमा विकट ग्रामीण क्षेत्रमा रहेका बस्तीमा वैकल्पिक ऊर्जाअन्तर्गत सुधारिएको चुलो, सौर्य ऊर्जा, वायोग्यास, सोलार सिँचाइ, सोलार खानेपानी र सोलार पम्पिङ जस्ता कार्यक्रमलाई प्रवद्र्धन गर्नका लागि लक्षित समुदायलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी दिने कार्यसमेत हुँदै आएका छन् ।
“स्वास्थ्य स्वयंसेविका, किसान समूह, आमा समूह, महिला शिक्षक, माध्यमिक तहका विद्यार्थीलाई ऊर्जा कार्यक्रमबारे अभिमुखिकरण कार्यक्रम गरी जानकारी दिने कार्यसमेत गर्दै आएका छौं”, नगर प्रवक्ता कमल गिरीले भनिन्, “जसबाट वैकल्पिक ऊर्जाको महत्व स्थानीय बासिन्दाले बुझेर प्रयोगमा ल्याउन सक्छन् ।”
News Desk 0 response बुधबार, पुस ७, २०७८

सम्बन्धित शीर्षकहरु
-
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि..
बुधबार, जेष्ठ ६, २०८३ -
काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा मौरीका घार..
बुधबार, जेष्ठ ६, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३
-
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि..
बुधबार, जेष्ठ ६, २०८३ -
काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा मौरीका घार..
बुधबार, जेष्ठ ६, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



