

-
इस्लामावाद पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको अवस्थाका बारेमा सोच्न विभिन्न विश्व समुदायलाई आग्रह गरेका हुन । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले सो आग्रह गर्नुभएको हो ।
उनले पाकिस्तानको अवस्था निकै नाजुक रहेकाले यस विषयमा सबैले सोच्नुपर्ने बताएका हुन ।उनले अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन्समा बोल्दै सो धारणा राख्नुभएको हो । उनले सो ओआइसीको बैठकमा बोल्दै भने– मलाई लाग्छ अफगानिस्तानको अवस्था निकै नै गम्भीर छ, यसमा विश्वका देशहरुले सोच्नुपर्छ ।
उहाँले अफगानिस्तानमा दुई वर्षदेखिको खडेरीका कारण राम्रो उब्जनी पनि नभएको र यहाँका नागरिकले राम्रोसँग खाना र औषधि समेत नपाएको अवस्था रहेकोतर्फ सबैको ध्यानाकर्षण गराए ।
यहाँ आर्थिक मन्दी छाएको, यहाँका सरकारी कर्मचारीले तलब समेत नपाएका तथा पछिल्ला समयमा तालिबानहरुको शासनका कारण पनि यहाँका नागरिकका अधिकारहरु खोसिएको उनले बताए ।
यस्तो अवस्थामा विदेशी दाता राष्ट्र तथा निकायहरुले अफगानिस्तानका लागि मानवीय सहायता उपलब्ध गराउनुपर्ने पनि उनले जानकारी दिएका हुन ।
News Desk 0 response शुक्रबार, पुस २, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


