

-
काठमाडौं, (रासस) । कोभिड–१९ को महामारीका कारण काठमाडौँ महानगरपालिकालाई चालू आवमा राजस्व सङ्कलन र खर्चको लक्ष्य पूरा गर्न कठिन हुने भएको छ । चालू आवमा कोभिड सङ्क्रमणको पहिलो लहर र दोस्रो लहर दुवैको असर परेकाले लक्ष्यमा पुग्न कठिन भएको बताइएको छ । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि सिर्जना भएको अवस्थाका कारण लक्ष्य पूरा गर्न कठिन भएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
प्रवक्ता डङ्गोलले भने, “कामपाले चालू आव २०७७र७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख आय अनुमान गरेर सोही अनुरूप बजेट विनियोजन गरिएको थियो । जसमा बैंक मौज्दात रु तीन अर्ब ५० करोड थियो । यसबाहेक आन्तरिकतर्फ रु ६ अर्ब ६५ लाख अनुमान गरिएको थियो । त्यसमध्ये रु चार अर्ब ६३ करोड ८२ लाख प्राप्त भएको छ । निःशर्त अनुदान बाह्यतर्फ रु एक अर्ब ४२ करोड ४८ लाख अनुमान गरिएकामा ५४ करोड ७८ लाख प्राप्त भएको छ ।” चालू खर्चतर्फ विनियोजन गरिएको रु चार अर्ब ९२ करोड ४२ लाख गत जेठ मसान्तसम्ममा रु दुई अर्ब ५९ करोड नौ लाख खर्च भएको छ । यसैगरी पुँजीगततर्फ रु आठ अर्ब ८४ करोड २३ लाख विनियोजन गरिएकोमा रु एक अर्ब तीन करोड ३६ लाख, वित्तीय क्षेत्रतर्फ रु ३७ करोड ११ लाख विनियोजन भएकामा रु आठ करोड ५० लाख खर्च भएको छ । विषयगत क्षेत्रअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु एक अर्ब ८४ करोड ८० लाख विनियोजन भएकामा रु एक अर्ब ३५ करोड १२ लाख अर्थात् ७३ प्रतिशत खर्च भएको छ । सामाजिक विकास क्षेत्रतर्फ रु दुई अर्ब ५७ करोड ७८ लाख विनियोजन गरिएकोमा रु एक अर्ब नौ करोड ३९ लाख अर्थात् ४२ प्रतिशत खर्च भएको छ । पूर्वाधार क्षेत्र विकासतर्फ रु सात अर्ब ८० करोड ७३ लाख विनियोजन गरिएकोमा रु ९३ करोड ९४ लाख खर्च भएको छ ।
कामपाले आगामी आव २०७८र७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार वार्षिक बजेट प्रस्ताव गरिएको छ । यही असार १० गते राष्ट्रियसभा गृहमा बसेको महानगरको नवौँ अधिवेशनको चौथो बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रस्तावित बजेट पेश गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड प्रस्ताव गरिएको छ । प्रस्तावित बजेटमध्ये आन्तरिक आयबाट रु चार अर्ब ३४ करोड ३२ लाख व्यहोरिने छ । त्यसैगरी राजश्व बाँडफाँडबाट रु दुई अर्ब ५८ करोड २५ रहेको छ । आगामी आवको प्रस्तावित बजेटमाधि शुक्रबार थप छलफल हुनेछ ।
News Desk 0 response बिहिबार, असार २४, २०७८

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



