• बेइजिङ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६।१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २।४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो ।

    उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । सिन्ह्वा