

-
नयाँ दिल्ली । भारतको सङ्घीय संसद्को माथिल्लो सदनको रुपमा रहेको राज्यसभाको बैठक बुधबार स्थगित भएको छ । विपक्षी पार्टीका सांसदहरुले बैठकमा होहल्ला गर्दै अवरोध गरेपछि यही मार्च १५ तारिखसम्मका लागि बैठक स्थगित भएको हो ।
विपक्षी सांसदहरुले अहिले चरम विवादमा परेको कृषिसम्बन्धी कानूनहरुको विरोध गर्दै ती कानूनहरु तत्काल फिर्ता गर्न माग गरेका छन् । त्यसैगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका धेरै विषयहरुलाई उठान गर्दै विपक्षी सांसदहरुले संसद् अवरोध गरेका हुन् ।
यसअघि पनि उनीहरुले संसद् बैठक अवरुद्ध गरेपछि बुधबार मध्याह्न १२ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । बुधबार सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले बैठक स्थगित गरेका हुन् ।
भारतको राज्यसभामा अहिले बजेट अधिवेशनको दोस्रो सत्र चलिरहेको छ । गत सोमबारदेखि बजेट अधिवेशनको दोस्रो सत्र सुरु भएको हो । भारतमा केन्द्रीय संसद्ले बनाएको कृषिसम्बन्धी तीन वटा कानूनलाई लिएर किसानले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो । संसद्मा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय काँग्रेससमेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद् बैठक बहिष्कार गरेका थिए ।
दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने संसद् सचिवालयको योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसद्मा टेबुल भएको थियो ।
अधिवेशनमा आर्थिक विधेयकसँगै करसम्बन्धी प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ । सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्ताव पनि संसद् बैठकमा पेस गर्ने तयारी गरेको छ ।
पश्चिम बङ्गाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद् अधिवेशनलाई दलले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ । एजेन्सी
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतीय आरोप
आइतवार, बैशाख २८, २०८२-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२