

-
साना । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा आइतबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या बढेर कम्तीमा पनि ६० पुगेको बताइएको छ । मंगलबार बिहानसम्ममा यो आगलागीमा परेर ज्यान जाने व्यक्तिको संख्या ६० पुगेको यहाँका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् । उनले यस आगगालीमा परेर कम्तीमा पनि ६० जना आप्रवासीको ज्यान गएको मंगलबार बिहान जानकारी गराएका बताइएको छ ।
त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका कर्मचारी परेको बताइएको छ । कतिपय यहाँ ज्यान गुमाउनेमा अफ्रिकी नागरिक पनि परेका ती सुरक्षा अधिकारीले जानकारी दिए । साथै यस दुर्घटनामा परेर एक सय जना भन्दा बढी घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । सो संगठनले यसमा परेर जलेका र अरु घाइतेहरुलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ ।
आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले दिएको जानकारी अनुसार सो आगलागीका कारण धेरै मानिस अझै जलेका छन् र केही भागदौडमा परेर घाइते भएका छन् । उनले मंगलबार पनि आफ्नो ट्वीटरमार्फत् केही घाइतेहरुको अवस्था गम्भीर रहेको पनि जानकारी गराए । आईओएमले विशेषगरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि उनले जानकारी दिएका छन् ।
हिजो नै त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका बताइएको थियो । सोमबार त्यसमा परेर आठ जनाको मात्र मृत्यु भएको बताइएको थियो । त्यसमा परेर ज्यान जानेमा कतिपय नागरिक अवैध रुपमा अफ्रिकाबाट यमन पसेका पनि रहेका छन् । उनीहरु त्यहाँ आउनुअघि प्रस्थानसम्बन्धी प्रक्रिया पनि पूरा नगरेको पाइएको पनि एक समाचारमा जनाइएको छ ।
आगलागीमा परेकामध्ये सोमबार राति र मंगलबार बिहानसम्म ६० जनाको मृत्यु भएको हो । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन ।यमन गएका केही वर्षदेखि हिंसाको चपेटामा परेको छ । यहाँको हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमनका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परिरहेको पनि बताइएको छ । रासस/सिन्हवा
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



