

-
नयाँ दिल्ली । भारतमा सोमबारदेखि दोस्रो चरणको बजेट अधिवेशन सुरु हुने भएको छ ।
अधिवेशनमा आर्थिक विधेयकसँगै कर सम्बन्धी प्रस्तावहरु पनि पेस गरिने अधिकारीहरुले जानकारी दिएका छन् । सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्तावहरु पनि संसद बैठकमा पेस गर्ने तयारी गरेको छ । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसदमा टेबुल भएको थियो ।
पश्चिम बंगाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद अधिवेशनलाई दलहरुले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशहरुमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ ।
सोमबार सुरु हुने दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । पहिलो दिन केन्द्रीय दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गरेका थिए ।
भारतमा केन्द्रीय संसदले बनाएको कृषि सम्बन्धी तीन ओटा कानुनलाई लिएर किसानहरुले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो । संसदमा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय कंग्रेस समेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद बैठक बहिस्कार गरेका थिए । रासस/पिटिआई
News Desk 0 response आइतवार, फाल्गुन २३, २०७७


सम्बन्धित शीर्षकहरु
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२