

-
कायरो । चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको सचिवालयमा उपलब्ध गराएको हो । इजिप्टको कायरोमा रहेको अरब लिगको सचिवालयमा लगेर इजिप्टका लागि चिनियाँ राजदूतले सो खोप उपलब्ध गराउनु भएको प्राप्त समाचारमा जनाएको छ । इजिप्टका लागि चिनियाँ राजदूत लियो लिकियाङले सो कुराको जानकारी गराएका हुन् ।
त्यस अवसरमा उनले खोप उपलब्ध गराएसँगै यसबाट चीन र अरेबियाली देशहरुका बीचको सम्बन्धमा नयाँ आयाम थपिने पनि उल्लेख गरे । उनले यो अवस्थाले चीन र अरब विश्वको सम्बन्ध आगामी दिनमा थप बलियो बन्दै जाने धारणा पनि राखेका थिए । उनले बहिरी विश्वमा जे जस्तोसुकै राजनीतिक अवस्था भए पनि चीन र अरब विश्वका देशहरुबीचको सम्बन्ध राम्रो रहेको धारणा उनले राखेका थिए ।
इजिप्टमा रहेको अरब लिगको सचिवालयमा एक विशेष समारोहको आयोजना गरेर खोप हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । चीनले यसअघि पनि अरबका विभिन्न देशलाई सिनोफार्म कम्पनीको खोप उपलब्ध गराएको थियो । चीनले यसअघि पनि कोभिडको संक्रमणको शुरुआतका समयमा पनि कतिपय अरब देशहरुलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो । एजेन्सी
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७


सम्बन्धित शीर्षकहरु
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२