-
सिड्नी । प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ ।
अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो ।
फेसबुकले संचार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु संचार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो ।
अस्ट्रेलिया सरकारले संचार माध्यम र फेसबुक दुबैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो ।
अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्वपूर्ण विषयमा सहमति भएको बताइएको छ । फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिए ।
फेसबुकले अस्ट्रेलियाली संचार माध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गरेका थिए । अस्ट्रेलियाको संसदले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गूगलले स्थानीय संचार माध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ ।
साथै गूगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ । दुबै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए ।
एक अध्ययन अनुसार, हाल अस्ट्रेलियाली विज्ञापनदाताहरुले विज्ञापन बापत १०० डलर खर्च गरे गूगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन् । एजेन्सी
News Desk 0 response मङ्लबार, फाल्गुन ११, २०७७

सम्बन्धित शीर्षकहरु
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’
बुधबार, फाल्गुन १९, २०७७
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने
बुधबार, फाल्गुन १९, २०७७ -
सभामुखसहित पूर्वप्रधानमन्त्रीले लगाए पहिलो चरणको कोरोना खोप
बुधबार, फाल्गुन १९, २०७७
-
‘ न्यायिक समितिमा निवेदन लेख्ने,छलफल गर्ने र..
बिहिबार, फाल्गुन १३, २०७७ -
धुलिखेलका मेयर एसियाली मेयर छाता संगठनको अध्यक्ष
बिहिबार, फाल्गुन १३, २०७७ -
३१ सहसचिवको सरुवा
बिहिबार, फाल्गुन १३, २०७७ -
भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने प्रमुख आयुक्तको..
शनिबार, फाल्गुन १५, २०७७ -
प्रतिनिधिसभा विघटन बदर,१३ दिनभित्र संसदको अधिवेशन आव्हान..
मङ्लबार, फाल्गुन ११, २०७७