

गिभ टु एसियाको आर्थिक सहयोगमा ग्रुपफर टेक्निकल एसिसटेन्स सानेपाद्धारा बाह्रविसे पहिरो पीडितलाई सहयोग
-
गिभ टु एसियाको आर्थिक सहयोगमा ग्रुपफर टेक्निकल एसिसटेन्स सानेपाले बाह्रविसे नगरपालीका ७ नागपुजे र वडा नम्बर ६ मन्द्रका पहिरो पिडीतलाई न्यानो कपडा सहित राहत सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले नगरपालीकाले अनुरोध गरे अनुसारको सामाग्रीहरु गएको वर्षमा पहिरोबाट पिडित भएका र प्रभावित परिवारहरुको लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो ।
सिन्धुपाल्चोक जिल्लामा वर्षेनी बाढि पहिरोका कारण धेरैले जनधनको क्षेति व्यहोर्नु परि रहेको हुन्छ । त्यस्ता पिडित परिवारहरुलाई सहायता गर्ने उदेश्यले विभिन्न संघ संस्था तथा अन्य निकायहरुले पनि सहयोग गर्ने गरेको छन् । सोही क्रमलाई निरन्तरता दिदै उहिले पनि सहयोग गर्ने क्रम भने रोकिएको छैन । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सिन्धुपाल्चोककोविभिन्न स्थानहरुमा बाढि पहिरोले ठुलै धनजनको क्षती गरेको थियो । २०७२ सालको भुकम्प र त्यस पश्चातको पराकम्पनको कारण जमिन चिराचिरा परेर बसेको अवस्थामा वर्षायामको बाढि र ठुलो वर्षाका कारण पहिरो जाने गरेको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा भएको क्षतीहरुको अवस्था र पुन निर्माण भने हुन अझै सकेको छैन । जोखिम अवस्थामा बसोबास गरेका स्थानियहरुलाई जाडो अवस्थामा केही सहयोग पुग्ने हेतुले ग्रुप फर टुक्निकल एसिस्टेन्सले विगतमा भोटेकोशि गाउँपाललिकाका ८५ पिडित घरपरिवारलाई राहत सामग्री हस्तान्तरण गरेको थियो भने हालै यस संस्थाले बाह्रविसे नगरपालीकामा पनि नागपुजे, मान्द्रा र गाती गरि एक सय एक घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।
संस्थाले वितरण गरेको राहत प्याकेजमा किचनका सामाग्री, (प्रसर कुकर, कराई, थाल, कचौरा, गिलास आदि) ओड्ने ओच्क्ष्याउने, सेनेटरी प्याड,चप्पल, साबुन गरी २७ किसीमका सामग्री वडा अध्यक्ष मिन बहादुर श्रेष्ठले हस्तान्तरण गरेका थिए । साथै सोहि अवसरमा विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।
नगरपालीकाले समन्वय गरेर आयोजना गरिएको कार्यक्रममा बाह«बिसे नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष मोहनलाल श्रेष्ठ, नगरपालीका सामाजिक विकास शाखाका प्रमुख श्री पार्बती नापित , ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिव भोला नाथ चौधरी , लेञ्जना जिमी र बिष्णु सुनुवारको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



