

-
वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनित जेनेट येलेनलाई अनुमोदन गरेको छ । उनी अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुनेछिन् ।
अर्थमन्त्री येलेनमाथि कोभिड–१९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सदन कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने ठूलो चुनौती छ ।
येलेनले यसअघि अमेरिकी केन्द्रीय बैंकको पनि सन् २०१४ देखि २०१८ सम्म पहिलो महिलाका रुपमा नेतृत्व गरिसकेकी छिन् । उनीसँग विगतमा ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषदमा रहेर पनि काम गरेका अनुभव छ ।
राष्ट्रपति जो बाइडेनले कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न भन्दै अघि सार्नु भएको १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेजलाई कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने येलेनसामु पहिलो चुनौती छ ।
सिनेटको वित्त समितिमा भएको सुनुवाईका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताएकी थिइन् ।
सोमबार राष्ट्रपति बाइडेनले पनि राहत योजना अघि बढाउँदा अमेरिकी कङ्ग्रेसका दुबै दलबीच सहमति जुटाउन पहल गर्ने बताएका छन् ।
उनले अहिले लगानी नगरे कोभिड–१९ बाट सिर्जित आर्थिक चुनौती अझ व्यापक हुने र पछि त्यसलाई सम्बोधन गर्दा अझ ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ भनेका छन् । उनले भने, “लगानीको उपयुक्त समय नै अहिले हो, त्यसैले लगानी नगरी हामी चुप बस्न मिल्दैन ।”
सिनेटमा सुनुवाईका क्रममा वित्त समितिका अध्यक्ष सिनेटर रोन वाइडेनले अर्थमन्त्रीमा प्रस्तावित येलेन प्रतिभाशाली अर्थशास्त्री भएको चर्चा गर्दै अहिलेको विषम परिस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न उनी उपयुक्त र योग्य व्यक्ति रहेको बताए ।
रिपब्लीकनका तर्फबाट सिनेटमा अल्पमतका नेता मिच म्याक्कोनेलले आफ्नै पार्टीका एक दर्जनभन्दा बढी सदस्यले बिरोध गरे पनि येलेनको अनुमोदनलाई समर्थन गरेका थिए । एजेन्सी
News Desk 0 response मङ्लबार, माघ १३, २०७७

सम्बन्धित शीर्षकहरु
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको संकेत, विपक्षीद्वारा अस्वीकार
बुधबार, कार्तिक २७, २०८२
टर्कीएले इजरायली प्रधानमन्त्रीसहित केही उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गर्यो
शनिबार, कार्तिक २३, २०८२-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र
सोमवार, कार्तिक १८, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२



