

-
बेइजिङ । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरुले बताएका छन् ।
खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदूरहरु खानीको सुरुङमा फसेका र उद्धारका लागि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्रशारण संस्था सिसिटिभीले जनाएको छ ।
स्थानीय समय अनुसार आइतबार अपराह्न ३ बजेर १८ मिनेटमा अन्तिम पटक दुई जना मजदूरलाई बाहिर निकालिएको थियो । यो सहित उद्धार गरिएकाको संख्या ११ पुगेको छ ।
हाल उद्धार अभियान सञ्चालनका लागि ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन गरिएको छ । खानीभित्र करिब ६०० मिटरको गहिराईमा ती मजदूरहरु गत जनवरी १० मा फसेका थिए । यो खानीस्थल पूर्वी शाङदोङ प्रान्तको यान्ताईस्थित किझियामा रहेको छ ।
आइतबार अघिसम्म उद्धारकर्ताहरुले खानीभित्र फसेका १० जना मजदूरसँग मात्र सम्पर्क स्थापना गर्न सफल भएका थिए ।
उद्धारकर्ताहरुले खानीभित्र फसेका व्यक्तिका लागि ढुङ्गामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामान भित्र पठाएका थिए । खानीभित्र हराइरहेका अरु व्यक्तिको खोजी एवं पहिचान गर्नका लागि डिटेक्टर र पोषक तत्वहरु पनि पठाइएको छ ।
खानीको तल्लो भागमा पानीको सतह बढ्दै गएकाले जोखिम अरु बढ्ने अवस्था रहेको उद्धारकर्ताहरुको भनाई छ । खानीभित्र अलपत्र परेका नौ जनाको जीवन जोगाउन निकै मुश्किल देखिएको पनि उद्धारकर्ताहरुले बताएका छन् ।
चीनमा खानी दुर्घटनाका घटनाहरु नियमित झैं देखिएका छन् । खानीमा सुरक्षा व्यवस्था कमजोर भएको र नियामक निकायहरुले पनि बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । एजेन्सी
News Desk 0 response आइतवार, माघ ११, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



