-
वासिङ्टन । गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ ।
साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ ।
गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् ।
अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् ।
युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, “हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।”
ट्वीटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनोन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । साथै स्नापच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन् ।
राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन् । एजेन्सी
News Desk 0 response बुधबार, पुस २९, २०७७

Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/janaprashasan/public_html/wp-includes/functions.php on line 5143सम्बन्धित शीर्षकहरु
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘फुटबलमा जनशक्ति उत्पादन प्रमुख समस्या’
मङ्लबार, माघ ६, २०७७
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले..
मङ्लबार, माघ ६, २०७७
-
ढिलासुस्ती गर्ने घुस माग्ने !
बुधबार, पुस २९, २०७७ -
राजनीतिले छोपेको हुन्छ भ्रष्ट रंग
बुधबार, पुस २९, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘जनप्रतिनिधि र कर्मचारीबीच समस्या देखिएका छन्’
बुधबार, पुस २९, २०७७ -
दक्षिण र उत्तरी सीमामा भाषा जानेको जनशक्ति..
बुधबार, पुस २९, २०७७