

-
बेइजिङ । विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । तर विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो । तर शनिबार चीनले ती अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको लागि अनुमति दिइएको बताएको छ ।
चीनको वुहान शहरमा कोभिडको भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् । उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरुलाई यस विषयमा अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरुको आगमन हुने बताइएकोले चीनले उनीहरुको स्वागत गर्नेछ ।
चीनको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले सो कुराको जानकारी दिएका हुन् । उनले ती अधिकारीहरुले चीनमा कोभिड १९ को उत्पत्तिको बारेमा गर्ने अनुसन्धानमा पूर्ण रुपमा सघाउन चीन तयार रहेको । चेनले भने–विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानका विषयमा उनीहरुको कार्यक्रम र कार्य सूची के कस्तो छ भन्ने बारेमा हामीलाई थाहा दिएपछि उनीहरुसँगै हाम्रा अनुसन्धान अधिकारीहरु पनि वुहान जान तयार छन् ।
यस अनुसन्धानमा आफूहरुले आवश्यक सहयोग गर्ने र उनीहरुको कार्यक्रमअनुसार नै आफ्ना अनुसन्धान अधिकारीहरु वुहान जाने पनि चीनका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् । रासस/सिन्ह्वा
News Desk 0 response शनिबार, पुस २५, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



