

-
लण्डन । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन् । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिए ।
कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तिव्र रुपमा फैलिन थालेको छ ।
प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन् ।
उनले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गरेको वक्तव्यमा उल्लेख गरिएको छ । गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ ।
“नयाँ प्रकारको भाइरस तिव्ररुपमा फैलिएको छ, त्यसैले यो समय उच्च सतर्कता अपनाउनु पर्ने समय हो,” उनले भने ।
उनले बेलायती अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नु पर्ने अवस्था रहेको पनि उल्लेख गरेका छन् ।
एक टेलिभिजनमा बोल्ने क्रममा उनले देशभरी फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरे ।
मंगलबारदेखि लकडाउन अन्तर्गत प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ । भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ ।
विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्किने भएका छन् ।
मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नु पर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ ।
अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० प्रतिशत बृद्धि भएको छ । एजेन्सी
News Desk 0 response मङ्लबार, पुस २१, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



