

-
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, “अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैन तर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक लगाएको हो ।” जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उनले जानकारी दिए । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।
अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उनले अनुरोध गरेका छन् । प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उनले प्रष्ट पारे । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । मङ्गलबार मात्रै उपत्यकामा ६२ जनामा कोभिड–१९ देखिएको छ ।
सङ्क्रमण बढेपछि उपत्यका प्रवेशमा थप कडाइ गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्न थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् । उनले अटेर गर्नेलाई कैद सजाय गर्ने चेतावनीसमेत दिएका छन् ।
News Desk 0 response बुधबार, साउन २१, २०७७


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन..
शुक्रबार, बैशाख १२, २०८२