-
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेशकुमार सिलवालले आज शपथ लिएका छन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा आयोजित कार्यक्रममा कोइराला र सिलवाललाई शपथ गराएका हुन् । यही साउन १२ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोइराला र सिलवाललाई नियुक्त गरेको थियो ।
सिलवाल दोस्रोपटक सदस्य सचिव पदमा नियुक्त भएका हुन् । नयाँ खेलकूद विकास ऐन, २०७७ कार्यान्वयनपछि स्वतः खारेज भएको सदस्य सचिवको पदमा पहिलोपटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् । उनी गत वर्ष असार २३ गते सदस्य सचिव पदमा पहिलोपटक नियुक्त भएका थिए । नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उनी पदमुक्त भएका थिए । सिलवाल पदमुक्त भएको केही सातापछि पुनः दोस्रोपटक सदस्य सचिवमा नियुक्त भएका छन् ।
राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त भएको हो । यसअघि राजनीतिक आधारमा नियुक्ति हुने परम्परा थियो । युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।
कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले आफ्नो एकवर्षे कार्यकालमा धेरै कुरा बुझ्ने अवसर पाएको भन्दै खेलकूद क्षेत्रलाई आफ्नो जीवनको महत्वपूर्ण अङ्ग बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उनले खेलकूदको माहोल बनाउने, खेलकूदलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा पहिचान गर्ने, सुशासन र पारदर्शिता कायम गर्ने बताए ।
त्यसैगरी कोइराला भने राखेपमा पहिलोपटक प्रवेश गरेका हुन् । गत वर्ष मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा कोइरालाले प्रचारप्रसार विभागको संयोजकका रुपमा काम गरेका थिए । उपाध्यक्ष कोइरालाले विगत, वर्तमान र भविष्य फरक हुनुपर्छ भने मान्यताका साथ खेलकूद क्षेत्रको विकासमा अगाडि बढ्ने विचार व्यक्त गरेका थिए । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्यकाल चार वर्ष रहनेछ ।
News Desk 0 response बुधबार, साउन १४, २०७७
सम्बन्धित शीर्षकहरु
एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग खेल्दै
शनिबार, बैशाख ८, २०८१हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा
सोमवार, बैशाख ३, २०८१एसीसी प्रिमियर कप : नेपालले आज मलेसियासँग खेल्दै
शुक्रबार, चैत्र ३०, २०८०आईपीएल क्रिकेटमा मुम्बईले बेंगलूरुलाई ७ विकेटले हरायो
शुक्रबार, चैत्र ३०, २०८०-
गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चियाको निर्यात..
शनिबार, बैशाख ८, २०८१ -
बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा..
शनिबार, बैशाख ८, २०८१ -
एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि..
शनिबार, बैशाख ८, २०८१ -
श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए
मङ्लबार, बैशाख ४, २०८१ -
संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत
मङ्लबार, बैशाख ४, २०८१
-
गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चियाको निर्यात..
शनिबार, बैशाख ८, २०८१ -
बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा..
शनिबार, बैशाख ८, २०८१ -
एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि..
शनिबार, बैशाख ८, २०८१ -
श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए
मङ्लबार, बैशाख ४, २०८१ -
संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत
मङ्लबार, बैशाख ४, २०८१
-
एसीसी प्रिमियर कप : नेपालले आज मलेसियासँग..
शुक्रबार, चैत्र ३०, २०८० -
श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए
मङ्लबार, बैशाख ४, २०८१ -
कतारका अमिर शेख अप्रिल २३ मा नेपाल..
सोमवार, बैशाख ३, २०८१ -
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
मङ्लबार, बैशाख ४, २०८१ -
पश्चिमी र स्थानीय वायुको प्रभावले आज पनि..
आइतवार, बैशाख २, २०८१