

-
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउने भएको छ । हाल रिक्त मुख्य प्रशिक्षकका लागि क्यानले यसै साता दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
क्यानको कार्यसम्पादन समितिको बैठकले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सित छलफल गरी मुख्य प्रशिक्षकका साथै महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको छ । उमेश पटवालले गत वर्ष मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट राष्ट्रिय टोलीको प्रशिक्षक छनोट गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानको बैठकले सातै प्रदेशका लागि सात प्रशिक्षक नियुक्त गर्नसमेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।
यस्तै विक्रम न्यौपानेलाई नेपाली टोलीको पूर्णकालीन फिजियोका रुपमा नियुक्त गर्ने क्यानले निर्णय गरेको छ । तत्कालका लागि टोलीका सम्बन्धित विषयको समन्वय र व्यवस्थापनको जिम्मेवारीसमेत क्यानले न्यौपानेलाई दिएको छ । मूलपानी क्रिकेट मैदानका लागि सात कर्मचारी थप गर्दै समितिले पोखरा, भैरहवा र वीरगञ्जका लागि एकएक ‘पिच क्युरेटर’ नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष चन्दले बताए ।
यसैगरी क्यानका केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गर्ने निर्णय गरिएको छ । उक्त समितिमा प्रदेश समितिमार्फत अन्य सदस्य थप गरिने छन् । आगामी भदौ १५ गतेभित्र क्यानको वार्षिक साधारणसभा सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।
News Desk 0 response मङ्लबार, साउन ६, २०७७

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



