

-
काठमाडौँ । लकडाउनको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ । सङ्घका अध्यक्ष सन्तोष निरौलाले बाटोमा अलपत्र परेका मानिस, मजदुर, विद्यार्थी, कोठामा बस्ने र अस्पतालका बिरामीलाई गत चैत १५ गतेदेखि निःशुल्क खाना खुवाइरहेको बताए । सङ्घले बिहान ९।३० देखि १२ र साँझ ५ः३० देखि ९ बजेसम्म भक्तपुर, थिमि, सूर्यविनायक, भक्तपुर क्यान्सर अस्पताल र कोटेश्वरका विभिन्न स्थानमा पुगेर खाना खुवाउने गरेको छ ।
“पकाएको खाना गाडीमा राखेर ती स्थानमा जाने गरेका छौँ” सङ्घकी उपाध्यक्ष सीता सुवेदीले भनिन्, “अनि बाटोमा हिँडिरहेका मानिस र मजदुरलाई खाना दिन्छौँ”, उनले विभिन्न सङ्घसंस्थासँग खाद्यान्न मागी खाना बनाएर खुवाएको बताइन् । खानामा दाल, तरकारी, भात र अचार रहने गरेको छ । खानाका लागि प्लाष्टिकका सामान प्रयोग गरिएको हुन्छ ।
उनका अनुसार खाना खुवाउनका लागि ३० स्वयंसेवक परिचालन गरिएको छ । पहिले दैनिक १५० जनालाई खाना खुवाउँदै गरेकामा अहिले ६०० जना पुगेका छन् । बिहान ३०० हुन्छन् भने साँझपख भने मानिसको सङ्ख्या बढ्ने गर्दछ । सङ्घले विसं २०७२ को भूकम्प र विभिन्न ठाउँमा गएको बाढीपहिरोमा समेत यसैगरी खाना खुवाउने गरेको थियो ।
News Desk 0 response बुधबार, बैशाख २४, २०७७

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



