

-

काठमाडौँ । मुलुकभर हालसम्म पिसिआर र आरडिटी प्रविधिबाट गरी कूल ६४ हजार ४८५ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर प्रविधिबाट १३ हजार ६४० र आरडिटी प्रविधिबाट ५० हजार ८४५ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप एक हजार ३८२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए । आरडिटी प्रविधिबाट हालसम्म प्रदेश नं १ मा पाँच हजार ८३७, प्रदेश नं २ मा पाँच हजार ७३६, वाग्मती प्रदेशमा आठ हजार ६१०, गण्डकी प्रदेशमा पाँच हजार ८८२, प्रदेश नं ५ मा चार हजार ८३१, कर्णाली प्रदेशमा पाँच हजार ८१३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १३६ जनामा कोरोना परिक्षण गरिएको छ ।
मुलुकभर हाल जम्मा २१ हजार ५२३ जना क्वारेटाइनमा रहेका छन् भने आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १०६ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यसमध्ये काठमाडौँ उपत्यकामा एक र उपत्यकाबाहिर १०५ जना आइसोलेशनमा रहेका छन् । मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा एक हजार ८७६ स्वास्थ्य जिज्ञासासम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए ।
यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एपमा पछिल्लो २४ घण्टामा ४८४ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएको छ भने त्यसबाट थप सात जना ‘रेडजोन’मा परेका छन् । रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए ।
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य मुलुकभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हाल ७५ पुगेको छ । त्यसमध्ये ५८ जना पुरुष र १७ जना महिला रहेका छन् । सङ्क्रमितमध्ये ५९ जना उपचारमा रहेका र बाँकी निको भई घर फर्किसकेका छन् । उपचारमा रहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमित देखिएकामध्ये प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा शून्य र सुदूरपश्चिम प्रदेशमा पाँच जना रहेका छन् ।
प्रवक्ता देवकोटाले केही दिनयता मुलुकका विभिन्न क्षेत्रमा कीटनाशक औषधिका झोलले ‘स्प्रे’ गरी ‘डिसइन्फेक्टेड’ गर्ने गरिएको देखिएको बताउँदै त्यस्तो झोल सिर्ध मानिसको शरीरमा छर्किदा हानिकारक हुनसक्छ भनेका छन् । उनले तोकिएको मापदण्ड पूरा गरी सही तरिकाले स्प्रे गरिएमा भने यसको प्रयोगले भुईँ र सतहलाई भने निसङ्क्रमण गर्न सकिने जानकारी दिए । कोरोनाको सङ्क्रमणबाट जोगिने सबैभन्दा सरल र उप्रभावकारी उपाय भने पटकपटक २० सेकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने र लकडाउनको पूर्ण पालना गरी सामाजिक दूरी कायम गर्नु नै हो ।
News Desk 0 response सोमवार, बैशाख २२, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



