

-
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि आइपुगेको पिसिआर मेसिन जडान भइसके पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन । अस्पतालका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन ।
किट नहुँदा पिसिआर मेसिन प्रयोगविहीन भएको प्रतिष्ठानले जनाएको छ । “सरकारसँग किट माग गरिएको छ, आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ, किट आउने वित्तिकै परीक्षण प्रारम्भ हुनेछ”, निर्देशक रावलले भने । पहिले पिसिआर मेसिन सरकारसँग माग गरिएको थियो तर सम्भव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा बोलपत्र आह्वान गरी चीनबाट पिसिआर मेसिन प्रतिष्ठानमा ल्याइपुर्याएको छ ।
निर्देशक रावलका अनुसार रिएजेन्ट र किट नहुँदा पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन । “किट बाहिर किन्न पनि मिल्छ तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन”, उनले भने, “सरकारले ल्याउन सक्ने भएकाले ५०० किट माग गरिएको छ । तत्काल दुइ/तीन सय किट आए पनि परीक्षण कार्य अघि बढाउन सकिन्थ्यो ।”
पिसिआर मेसिनबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । अहिले दुइ जना ल्यावका कर्मचारी सुर्खेतमा छन् । उनीहरु सुर्खेतको पिसिआर मेसिन चलाउन सिकिरहेका छन् । किट आउने वित्तिकै उनीहरु जुम्लामा आएर परीक्षण कार्य शुरु गरिने प्रतिष्ठानका निर्देशक रावतले बताए ।
News Desk 0 response बिहिबार, बैशाख १८, २०७७

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



