

-

काठमाडौँ । पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ ।
पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र पार्टी नेतृत्वको समीक्षाका लागि तत्काल स्थायी कमिटी बैठकको माग गरिरहेका बेला समाधानका लागि शीर्ष नेताका साथै मध्यमार्गी अन्य नेताहरुको पनि सक्रियता देखिएको हो । नेताहरुको अनौपचारिक छलफल चलिरहेका बेला मङ्गलबारका लागि पार्टीको स्थायी कमिटी बैठक आव्हान गरिएको छ । सचिवालय बैठकमा सहमति हुन नसकेका विषय स्थायी समिति वा केन्द्रीय कमिटीमा लगिनेछ ।
समस्या समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच एक्लाएक्लै र समूहगतरुपमा अनौपचारिक छलफल चलिरहेको छ । उनीहरु निकट पूर्व समूहका दोस्रो तहका नेताहरु पनि समाधानका लागि सक्रिय भएका हुन् ।
सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको हो । असन्तुष्ट नेताहरुले सरकारले पार्टीको समन्वयमा काम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् भने सरकारको नेतृत्वमा रहेका नेताहरुले पार्टीले सरकारलाई सघाउनुपर्नेमा जोड दिएका छन् । आजै अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच दाहाल निवास खुमलटारमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको छ ।
समस्या समाधानका लागि आज वरिष्ठ नेता नेपाल र अन्य केही नेताहरुबीच काठमाडौँमा अनौचारिक छलफल भएको छ । छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले उत्पन्न गतिरोध चाँडै अन्त्य गराउन र पार्टीलाई एक ढिक्का बनाएर जान सुझाव दिइनुका साथै स्थायी कमिटीको बैठक चाँडो राख्न जोड दिइएको बताए । समाधानका लागि शीर्ष नेताहरुबीच शक्ति बाँडफाँटको तयारी हो भन्ने सञ्चारकर्मीमो जिज्ञाशामा नेता पन्तले भने, “निकासका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै पहल गर्नुपर्छ । गतिरोध चाँडो अन्त्य हुनुपर्छ ।” कतिपय नेताले पार्टी र सरकारका एक व्यक्ति एक पद हुनुपर्ने प्रस्ताव पनि राखेका छन् भने निर्वाचनबाट स्थिरता र विकासका लागि नेकपाले जनादेश लिएकाले एकताबद्ध भई काम गर्नुको विकल्प नभएको जनाएका छन् ।
सो छलफलमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु भीमबहादुर रावल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पन्त सहभागी भएका थिए ।
News Desk 0 response सोमवार, बैशाख १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



