

-
काठमाडौँ । कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा तीन हजार ७९१ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म १२ हजार ९८५ छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ८९ जना रहेको छ । काठमाडौँ उपत्यकामा तीन र उपत्यका बाहीर ८६ जना रहेका जानकारी गराइएको छ । त्यसैगरी हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २८७ पुगेको छ ।
मन्त्रालयमा सञ्चालनमा रहेका कलसेन्टरमा गत २४ घण्टामा एक हजार ७०८ रहेका र ती सबै कलको सम्बोधन स्वास्थ्यकर्मीबाट भइसकेको पनि मन्त्रालयले जानकारी गारएको छ । कोरोना भाइरसबारे जानकारी लिनका लागि स्वमूल्याङ्कन फारम भर्नेको सङ्ख्या २४ हजार ९२६ रहेको छ ।
मन्त्रालयले यस भाइरसको रोकथाम, नियन्त्रण र सहजीकरणका लागि विभिन्न स्थानीय निकायमा खटिनका लागि समूह गठन गर्ने तयारी गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोशालाका कर्मचारी, नर्स गरी तीनको समूह बनाइने जुन हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन, महानगरपालिकामा पाँचसमूह परिचालन गर्ने तयारी रहेको जनाएको छ ।
आज नयाँ सङ्क्रमित नभएकाले नेपालमा हालसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४८ नै रहेको छ । दश जना उपचारपछि घर फर्किसकेका छन् । ३८ को उपचार भइरहेको छ भने उपचारमा रहेका सबैको स्थिति सामान्य रहेको छ ।
यसैबीच मन्त्रालयले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा ज्येष्ठ नागरिकको स्वास्थ्य र स्याहारमा विशेष ध्यान पुर्याउन आग्रह गरेको छ । पछिल्लो समय औषधिको मूल्य बढेको कुरा बाहिर आएको भन्दै प्रवक्ता देवकोटाले मूल्य बढाउनुपर्ने कुनै कारण नभएको भन्दै सबै सम्बन्ध भएका निकायलाई कुनै पनि औषधिको मूल्य नबढाउन आग्रह गर्दै बढाएको पाइए कारवाही गर्ने चेतावनीसमेत दिए ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यस वर्षको रमजानमा घरमा नै बसेर नमाज पढ्न अनुरोध गरेका छन् । शनिबारदेखि यस वर्षको रमजान शुरु हुँदैछ । यस भाइरसको नियन्त्रणका लागि आयोगले हरेक जिल्लामा अनुगमन समिति बनाएर मस्जिदको अनुगमन गरिरहेको उनले जानकारी दिए ।
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२