

-
काठमाडौँ । ‘दुःखमा जन्मभूमि’ र ‘विपत्मा आफन्त’लाई सम्झन्छन् भन्ने उदाहरणका रुपमा मङ्गलबार र बुधबार साँझ कलङ्की र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ ।
कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिक र न्यून आय भएका व्यक्ति कुम्लो कुटुरोसहित लालाबाला च्याँपेर घर फर्कन घुइँचो गरेको त्यो स्थानमा देखियो । मुलुकका कतिपय स्थानीय तहका जनप्रतिनिधि लकडाउन कारण राजिरोटीको समस्याले बिचल्लीमा परेका आफ्ना नागरिकको उद्धारमा त्यहाँ जुटिरहेको देखिन्थ्यो ।
भक्तपुरको जडीबुटीमा मानिसको ठूलो हुलमा भेटिएका रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले लकडाउनका कारण विपद्मा परेका नागरिकलाई उद्धार गरी घर पुर्याउने काममा आफू जुटिरहेको बताए । उनले भने, “आज मात्र होइन हिजोदेखि नै हो यहाँ हाम्रा धेरै नागरिक लकडाउनका कारणले विपद्मा परिरहनुभएको थियो । धेरैजसो श्रमिक हुनुहुन्छ । घर जान चाहनेहरुको यो भीड हो । नगरपालिकाबाट उहाँहरुलाई लिन भनेर म यहाँ आएको हुँ ।”
उक्त नगरपालिकाले मङ्गलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको थियो ।
विपद्मा परेका त्यस्ता नागरिकलाई नगरपालिकाले आफ्नै खर्चमा घर पुर्याउने व्यवस्था गरेको नगरप्रमुख थापामगरले जानकारी दिए ।
लकडाउनका कारण रोजिरोटी गुमेर काठमाडौँ उपत्यकामा बस्ने अवस्था नरहेपछि घर फर्कन चाहनेलाई स्थानीय तहले जन्मथलो लैजाने व्यवस्था गरेका हुन् ।
स्थानीय तहले त्यस्ता घर फर्केका नागरिकलाई उपलब्ध गराउनुपर्ने राहत र औषधिका लागि तथ्याङ्कसमेत सङ्कलन गरिरहेको उनले जानकारी दिए ।
स्थानीय तहले त्यसरी घर फर्केका नागरिकलाई आफ्नो बाँझो जमिन खनिखोस्री बालीनाली लगाउन र त्यसकालाई आवश्यक बीउ मलखादको व्यवस्था गरी उत्प्रेरणा जगाउन कामसमेत गर्ने भएका छन् ।
जडीबुटी क्षेत्रमा त्यसरी घर फर्कन चाहने दोलखा, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायत जिल्लाका यात्रुको भीडलाई व्यवस्थापन गर्न भक्तपुरका प्रहरी प्रमुखको नेतृत्वको सुरक्षा टोलीलाई हम्मेहम्मे परेको देखिन्थ्यो ।
जडीबुटी र कलङ्की क्षेत्रमा काठमाडौँ जिल्लाका प्रहरी प्रमुखसहित ठूलो सङ्ख्यामा सुरक्षा फौज यात्रुको व्यवस्थापनमा खटिएका थिए ।
भीडलाई व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्नका लागि अन्योल पैदा नहोस् भनेर प्रहरीले माइकबाट कुन ठाउँका लागि कहाँ बस छुट्दैछ भनेर सूचना दिइरहेका थिए । ती दुवै स्थानमा दशैँको फूलपातीको दिन जस्तै घर फर्कनेको भीड देखिन्थ्यो ।
विपद्मा परेका यस्ता नागरिकलाई घर फर्काउने कार्यमा स्थानीय तहका मात्रै होइन कलङ्कीमा सांसद टोपबहादुर रायमाझीले समेत सहजीकरण गरिरहेको पाइयो ।
उद्धार गरी लगेका नागरिकको स्थानीय तहमा कोभिड–१९का सम्बन्धमा सामान्य स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको जानकारी दिइएको छ ।
सिन्धुलीको तीनपाट गाउँपालिकाका उपप्रमुख पदममाया तामाङ पनि लकडाउनमा अलपत्र परेका नागरिकको उद्धारका लागि बुधबार राति अबेरसम्म जडीबुटीमा खटिरहेका थिए ।
उनले दुई दिनमा झण्डै ८ सयको हाराहारीमा घर फर्कन चाहने सर्वसाधारणको व्यवस्थापन गरी पठाएको प्रतिक्रिया दिए । उनले भने, “धेरैजसो बालबालिका र आमाहरुको उद्धार गरिएको छ ।”
उद्धार गरिएका सबैको तथ्याङ्क लिएर सङ्कलन गरिएको राहत वितरण गर्ने स्थानीय तहले व्यवस्था मिलाएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिकाका मात्रै दुई हजार नागरिक घर फर्केको जानकारी दिइएको छ । घर फर्कनेमा न्यून आएका श्रमिक र विदेशमा कार्यरत श्रमिकका परिवारजन भएको बुझिएको छ ।
लकडाउनका समयमा यथास्थानमा बस्ने र घरबाट बाहिर ननिस्कन भने पनि रोजिरोटीको समस्यामा परेका सर्वसाधारणले साताभन्दा बढी समयको पैदलयात्रामा उत्रिएपछि स्थानीय तहलाई आफ्ना नागरिकलाई व्यवस्थापन गरेर लैजान सरकारले अनुमति दिएको थियो ।
लकडाउनले हजारौँ व्यक्तिलाई जन्मथलो पुर्याएको छ । ठूलो सङ्ख्यामा सर्वसाधारण घर फर्किएसँगै खाद्यान्न सङ्कटको सम्भावना भए पनि खेतीपाती लगाउने ठीक समय भएकाले कतिपय बाँझो जमिन खनीखोस्री गरेर बाली लगाउन उपयुक्त अवसर मिल्नेछ ।
कोभिडबाट सिर्जित लकडाउनले घर परिवार सँगै रहेर जन्मथलोमा पुगी स्थानीय उत्पादन बढाउन र विकास निर्माण कार्यमा सहकार्य गर्ने एकखाले वातावरण सिर्जना गरेको छ ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२