

-

काठमाडौँ । सरकारले लकडाउनका अवधिमा अत्यावश्यक वस्तुको ढुवानी गर्ने गाडीमा कुनै प्रतिबन्ध नलगाए पनि दूध र दुग्धजन्य वस्तु बोकेका गाडी गुड्नै नदिएको गुनासो व्यवसायीले गरेका छन् । काठमाडौँबाहेक चितवन, बुटवल र नेपालगञ्जमा समेत दूध बोकेका ट्याङ्करमा अवरोध गर्ने गरिएको नेपाल डेरी एशोसिएशनले जनाएको छ ।
एशोसिएशनका महासचिव प्रल्हाद दाहाल सरकारले लकडाउनक अवधिमा छुट रहेको भने तापनि ढुवानीसँगै पसलमा समेत दूध बिक्री गर्न अवरोध भएको बताउँछन् । काठमाडौँका नयाँसडक, कोटेश्वरलगायत स्थानमा दूध बोकेको गाडीका चालक तथा सहचालकलाई कुटपिट गर्नेसम्मका कार्य भएको उनले जानकारी दिएका छन् ।
“हामीलाई कुनै पास उपलब्ध गराइएको छैन, दिनदिन हाम्रा साथी र दूध बोकेका गाडीहरुलाई अवरोध गरिएको छ”, उनले भने, “चितवनबाट काठमाडौँ आएको दूधको ट्याङकर बाटोमा रोकेर फर्काइयो, ढुवानीमा पटकपटक अवरोध भएपछि डेरी सञ्चालन गर्न कठिनाइ भएको छ ।” उनका अनुसार हाल दैनिक २० प्रतिशत मात्र दूध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण भएको छ । लकडाउनमा डेरी उद्योगलाई दुई अर्ब नोक्सान भएको पाँच अर्ब बराबरको सामान मौज्दात रहेको छ ।
लकडाउनका कारण दूध बिक्री कम भएपछि डेरी उद्योगले निःशुल्क दूध बिक्री गर्न थालेका छन् । खपत कम भएपछि यत्तिकै दूध फाल्दा विरोध आउन थालेपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, झापाको दमक र रुपन्देहीमा निःशुल्क रुपमा क्वारेन्टाइस्थल तथा सुत्केरीलाई दूध तथा घिउ दिन थालिएको डेरी सञ्चालक बताउँछन् ।
बूढानीलकण्ठ नगरपालिकास्थित बिन्ध्यवासिनी डेरीले नगरपालिकासँग समन्वय गरेर सुत्केरीलाई निःशुल्क एक किलो घिउ दिन थालेको छ । नगरपालिका कार्यालय र वडा नम्बर ८ र ९ सँग समन्वय गरेर सुत्केरीलाई निःशुल्क घिउ दिन थालिएको डेरी सञ्चालक चेतनाथ दाहाल बताउँछन् । उनका अनुसार हालसम्म वडाको सिफारिसका आधारमा सात जनालाई घिउ दिइसकिएको छ । नगरपालिकाका रहेका अन्य डेरीले समेत निःशुल्क एक किलो घिउ दिने तयारी गरेको उनले जानकारी दिए ।
त्यस्तै झापा, दमक नगरपालिकाका क्वारेन्टाइनमा बसेका १७ जनालाई सोमबारदेखि दैनिक निःशुल्क १० लिटर दूध दिन थालिएको गोरस डेरी उद्योगले जनाएको छ । नेपाल डेरी एशोसिएशन जिल्ला अध्यक्षसमेत रहेका डेरी सञ्चालक सोम घिमिरेका अनुसार पहिलो दिन १० लिटर दूध, एक किलो नौनी र पनिरसमेत दिइएको थियो । बीस दिनसम्म क्वारेन्टाइनमा रहेका मानिसलाई दैनिक निःशुल्क दूध उपलब्ध गराउने गरी नगरपालिकासँग समन्वय भएको उनले जानकारी दिएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्वारेन्टाइनमा रहेकालाई लक्ष्य गर्दै सिद्धार्थ डेरी उद्योगले पनि दैनिक निःशुल्क रुपमा दूध उपलब्ध गराएको छ । बन्दाबन्दी अवधिमा खपत कम भएपछि यत्तिकै दूधलाई फाल्नुभन्दा मानवीय नाताले निःशुल्क दिन थालिएको डेरी सञ्चालक कृष्णा भट्टराई बताउँछन् । उनका अनुसार हाल दैनिक १० लिटर दूध, दही र सातामा चार किलो पनिर वितरण गरिएको छ ।
News Desk 0 response बुधबार, बैशाख १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



