

-
काठमाडौँ । उदयपुरमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा १० जनामा सङ्क्रमण देखिएको बताएका छन् ।
उनका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आठजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा दुईजनाको सङ्क्रमण देखिएको थियो । उनले ती सङ्क्रमित यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा रहेका सङ्क्रमितमध्येकै समुदाय नै रहेको जानकारी दिए ।
यति धेरैको सङ्ख्यामा सङ्क्रमित देखिएको यो दोस्रो पटक हो । यसअघि वैशाख ५ गते उदयपुरमा एकै पटक १२ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि आजै नै उदयपुरका ३३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको थियो । योसँगै उदयपुरमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको हो । यो तीन महिनामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । नेपालमा पहिलो पटक माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएकामा सङ्क्रमण देखिएको थियो ।
प्रवक्ता अधिकारीका अनुसार आज पुष्टि भएका सङ्क्रमितमा दुई १८, एक २०, एक ४०, दुई ४१, अर्का ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र एकजना उमेर नखुलेको महिला रहेका छन् ।
उनीहरु सबैको बिराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले यसअघि उदयपुरमा देखिएका सङ्क्रमितको संसर्गमा रहेका २६० जनामध्ये काठमाडौँस्थित प्रयोगशालामा परीक्षणका क्रममा दुईजनाको सङ्क्रमण देखिएको र अन्य २० जनाको हाल टेकुस्थित प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिएका छन् ।
यसैगरी अन्य थप ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण गर्दा आठजनामा सङ्क्रमण देखिएको थियो । ती सबैको सोमबार नमूना सङ्कलन गरी अस्पतालमा पठाइएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज देखिएका सङ्क्रमित व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको छ र त्यसको लागि टोली पठाइसकिएको छ । वीरगञ्जमा २२१ र उदयपुरमा ३२० जनामा परीक्षण भइरहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ३६ हजार ७१९ को कोरोना परीक्षण भएको छ भने १०७ आइसोलेशनमा छन् । कल सेन्टरमा दुई हजार १८५ प्रश्नको उत्तर दिएको छ ।
नेपालमा रहेका सङ्क्रमितमध्ये चारजना उपचारपछि घर फर्किसकेका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३



