

-

काभ्रेपलाञ्चोक । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय यो हप्ता ‘मुस्लिम पहिचान, आरडिटी अभियान’ झैँ स्थानीयस्तरमा लागेको छ । “स्थानीयस्तरमा रहेका मुस्लिम समुदायका व्यक्तिको पहिचान गरी आरडिटी गराइरहेका छौँ”, कार्यालय प्रमुख डा नरेन्द्र झाले भनेका छन् । उनका अनुसार तीन दिनमा करिब ६० जनाको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
गत हप्ता उदयपुरमा भेटिएका कारोना सङ्क्रमितमध्ये केही भारतीय मुस्लिमसमेत रहेकाले काभ्रेपलाञ्चोकमा बसोबास गर्दै आएका मुस्लिम समुदायका व्यक्तिको पनि ‘ट्राभल हिस्ट्री’ बुझ्दै आरडिटी गर्न थालिएको हो । स्थानीयस्तरमा ती समुदायका व्यक्तिलाई कोरोना भाइरसबारे सचेतना गराई उनीहरुको पछिल्लो यात्राबारे जानकारी लिँदै आवश्यकतानुसार परीक्षण गर्दै आएको झाले बताए । उनले भने, “उनीहरुको ट्राभल हिस्ट्री लिएपछि मात्रै आवश्यकतानुसार आरडिटी गर्छौँ, आरडिटीमा पनि शङ्का लागेमा थप परीक्षण पिसीआर पनि गर्नेछौँ ।”
कार्यालयले गरेको प्रारम्भिक पहिचानअनुसार बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरमा मुस्लिम समुदायका व्यक्ति बसोबास गर्ने पाइएको हो । बनेपा नगपालिका–१० थापागाउँमा बस्ने ३० मुस्लिमको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको झाले जानकारी दिए । उनका अनुसार उनीहरुको हाल थप परीक्षण पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) गर्नुपर्ने देखिएको छैन । “थप परीक्षण गर्नुपर्ने आवश्यकता भए गर्न सकिन्छ”, झाले भने । उदयपुरमा आरडिटी गरिएको भारतीय मुस्लमको थप परीक्षणमा कारोना पोजेटिभ देखिएको थियो ।
बनेपा नगपालिका–१० मा बस्ने ३० मुस्लिम समुदायका व्यक्ति उदयपुरस्थित मस्जिदको कार्यक्रममा सहभागी भएर आएको जानकारी प्राप्त भएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताए । उनले भने, “उनीहरुको आरडिटीमा नेगेटिभ देखिए पनि पिसीआर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।” उनका अनुसार २७ पुरुष र तीन महिलालाई ‘होम क्वारेन्टाइन’मै बसाइएको छ । उनीहरु निर्माण तथा गहना बनाउने कामका सिलसिलामा वर्षौँदेखि बनेपामा बस्दै आएका छन् ।
यसअघि विभिन्न मुलुकबाट गत चैत महिनायता घर फर्किएका २५१ काभ्रेलीमा गरिएको आरडिटीमा कारोना भाइरस नेगेटिभ देखिएको थियो । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्ता ३०० किट उपलब्ध गराएपछि आरडिटी गर्न थालिएको हो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३



