

-

काठमाडौँ । पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् ।
धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा एक सातादेखि सेवा बन्द भएको जानकारी पाएको उनले बताए ।
गौतम मात्र होइन एक सातादेखि पशुपति क्षेत्रमा किरियापुत्री सेवा खोज्दै आउनेले यस्तै दुःख पाएको गुनासो गर्ने गरेका छन् । गौतमका आफन्त बिहानभर किरियापुत्री सेवा दिने स्थल खोज्दै मध्यबानेश्वरसम्म पुगे । गौतमका दुवै दाजुभाइ राजधानीमा कोठामा बस्ने भएकाले काजकिरिया गर्ने स्थलको समस्या भयो ।
राजधानीमा घर हुनेले पनि आफूलाई चाहिनेबाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन । यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ । पशुपतिको अत्यावश्यक एवं अतिसंवेदनशील यो सेवा बन्द हुँदा धेरैले गुनासो गर्ने गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल किरियापुत्री बसेका मानिसलाई भेट्न धेरै आफन्त आएर समस्या भयो भनी सँगै बसेका अरु किरियापुत्रीले गुनासो गर्न थालेपछि सेवा बन्द गर्न बाध्य हुनुपरेको बताउँछन् ।
“किरियापुत्रीलाई भेट्न आउनेलाई नआऊ भन्न सकिएन, संवेदनशील ठाउँ भएकाले कसैलाई आऊ कसैलाई नआऊ भन्नुभन्दा बाध्य भएर केही दिनलाई कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सेवा बन्द गरेका हौँ, यसबाट आम मानिसमा पर्न गएको असुविधाप्रति कोष क्षमा माग्छ”, उनले भने ।
पशुपतिको राजराजेश्वरीमा किरियापुत्री सेवाका लागि ४२ कोठाको व्यवस्था गरिएको छ । २२ कोठा ‘एट्याच बाथरुम’सहितका छन् । जसमा दैनिक ५०० शुल्क लिइन्छ । २० वटा कोठामा ‘एट्याच बाथरुम’ को व्यवस्था छैन । यी कोठामा भने दैनिक २०० शुल्क लिइने गरेको पशुपति घाट सेवा प्रमुख कुमार थापा मगरले जानकारी दिए ।
उनले भने, “एउटा किरियापुत्रीले राडी मण्डीलगायत सामग्री प्रयोग गरिसकेपछि धोएर अर्कोलाई दिने व्यवस्था थियो, बन्दाबन्दीका कारण धुने सेवा दिने कम्पनीका कामदार आउन नसक्ने भए, नधोइकन अर्कोलाई दिन नसकिनेलगायत स्वास्थ्यसम्बन्धी असुरक्षाका कारण सेवा बन्द गर्न माथिबाट आदेश आएअनुरुप गरेका हौँ” ।
News Desk 0 response सोमवार, बैशाख ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३



