-
काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।
स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आँकडानुसार २१ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।
नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।
संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्चुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हङकङ्गमा एक एक जना रहेको उपसमितिले जनाएको छ ।
विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ । विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना शाखाहरुलाई परिचालन गरेको जनाइएको छ ।
एनआरएनका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ । यसैबीच एनआरएन कोभिड १९ उच्चस्तरीय समितिको बैठक आज बस्ने भएको छ । संघका महासचिब डा हेमराज शर्माका अनुसार बैठकले कोरोना पीडितका लागि राहत वितरणको नयाँ नीति तय गर्ने छ ।
News Desk 0 response आइतवार, बैशाख ७, २०७७
सम्बन्धित शीर्षकहरु
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
बुधबार, जेष्ठ २३, २०८१झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
बिहिबार, बैशाख २७, २०८१सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
आइतवार, फाल्गुन २०, २०८०नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित रंगेहात पक्राउ
बुधबार, माघ १०, २०८०-
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न..
बिहिबार, भदौ २७, २०८१ -
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१ -
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने..
बिहिबार, भदौ २७, २०८१ -
नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१ -
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा..
बिहिबार, भदौ २७, २०८१
-
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न..
बिहिबार, भदौ २७, २०८१ -
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१ -
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने..
बिहिबार, भदौ २७, २०८१ -
नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१ -
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा..
बिहिबार, भदौ २७, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१