• विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ ।

    विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

    अमेरिकामा ७ लाख १० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३७ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ५३५ जनाको मृत्यु भएको थियो ।

    दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार ५०० भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ७२ हजार नाघेको छ । स्पेनमा भने २० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार ५०० नाघेको छ ।

    कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १८ हजार ६८१ जना र बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भएको छ । बेल्जियममा ५ हजार १६३ जना, जर्मनीमा ४ हजार ३५२ जना, नेदरल्यान्ड्समा ३ हजार ४५९ जना, स्वीट्जरल्यान्डमा १ हजार ३२७ जना, स्वीडेनमा एक हजार ४०० जना र आयरल्यान्डमा ५३० जनाको मृत्यु भएको छ ।

    कोरोना संक्रमणको नेपाली समयाअनुसार शनिबार दिउँसोसम्म विवरण

    क्र.सं.देशकूल संक्रमितनिको भएकाकूल मृत्यु
     विश्वभर२२,५८,७२५५,७५,८३७१,५४,३८१
    १. अमेरिका७,१०,२७२६३,५१०३७,१७५
    २.इटाली१,७२,४३४४२,७२७२२,७४५
    ३.स्पेन१,९०,८४९७४,७९७ २०,००२
    ४.फ्रान्स१,४७,९६९३४,४२०१८,६८१
    ५.बेलायत१,०८,६९२३४४१४,५७६
    ६.बेल्जियम३६,१३८७,९६१५,१६३
    ७.इरान         ७९,४९४५४,०६४४,९५८
    ८.चीन८२,७१९७७,०२९४,६३२
    ९.जर्मनी१,४१,३९७८३,११४४,३५२
    १०.नेदरल्यान्ड्स३०,४४९२५०३,४५९
     दक्षिण एसिया   
    १.भारत१४,४२५२,०४५४८८
    २.पाकिस्तान ७,४८१    १,८३२१४३
    ३.बंगलादेश१,८३८५८७५
    ४.अफगानिस्तान९३३११२३०
    ५.श्रीलंका२४४७७
    ६.नेपाल३०                        
    ७.माल्दिभ्स२९१६
    ८.भूटान

    एजेन्सी