कोरोनाको महामारीले ल्याएको समस्या, सिकाइ र समाधान
यो स्वास्थ्य समस्या र लकडाउनका कारण धेरै उद्योगधन्दाहरु बन्द हुनेछन् । विदेशिएका युवाहरु यही समस्याका कारण स्वदेश फर्कनेछन् । बेरोजगारीको समस्या ठूलै हुनेछ । जनताको क्रयशक्ति कम हुन्छ । परिणामतः आर्थिक क्षेत्र धारासायी हुनेछ । कृषिजन्य उत्पादन अर्थात् खाद्यान्नको आयात स्वभाविक रुपमा कम हुनेछ किन भने यो विश्वव्यापी समस्या हो । खाने मानिसको संख्या बृद्धि हुने र खाद्यान्न उत्पादन कम हुनाले दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि हुनेछ ।
-
कोरोना भाइरस(कोभिड–१९) ले विश्व मानव स्वास्थ्यमा गम्भीर समस्या सृजना गरेको छ । नेपालमा दिनानुदिन संक्रमितको संख्या बृद्धि भएसँगै लकडाउनको समय पनि थपिँदै छ । सारमा हेर्दा यो स्वास्थ्य समस्या हो जुन कुराको तत्कालका समाधानका उपायहरुबारेमा हामी सबै जानकारी राख्दछौं । त्यही भएर घरमै बसेर आफू बाँच्ने प्रयत्न गर्नुका साथै सरकारलाइ यो समस्याको समाधान गर्न सहयोग गरिरहेका छौं । यो समस्या कहिलेसम्म रहन्छ भन्ने निश्चितता नभए पनि यसले निम्त्याउने अरु समस्याहरु भने आँकलन गर्न सकिन्छ ।
समस्याहरु के के हुन सक्दछन् ?
यो स्वास्थ्य समस्या र लकडाउनका कारण धेरै उद्योगधन्दाहरु बन्द हुनेछन् । विदेशिएका युवाहरु यही समस्याका कारण स्वदेश फर्कनेछन् । बेरोजगारीको समस्या ठूलै हुनेछ । जनताको क्रयशक्ति कम हुन्छ । परिणामतः आर्थिक क्षेत्र धारासायी हुनेछ । कृषिजन्य उत्पादन अर्थात् खाद्यान्नको आयात स्वभाविक रुपमा कम हुनेछ किन भने यो विश्वव्यापी समस्या हो । खाने मानिसको संख्या बृद्धि हुने र खाद्यान्न उत्पादन कम हुनाले दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि हुनेछ ।
सरकार अहिले यो समस्यालाई स्वास्थ्य मन्त्रालयको मात्र समस्याको रुपमा हेरिरहेको छ । तर छिट्टै अरु क्षेत्र पनि प्रभावित हुनेछन् । क्रयशक्ति नहुँदा पौष्टिक आहारको अभावमा भूमिहीन, दैनिक मजदुरी गर्ने, बृद्ध तथा असहाय व्यक्तिहरुमाकोभिड–१९ भन्दा पनि ठूलो समस्या देखिनेछ । विदेशमा श्रम गरेर पैसा पठाई परिवार पालेका र छोराछोरी पढाएका युवाहरुमा बेरोजगारी र पारिवारिक समस्याका कारण मानसिक समस्याहरु देखिन सक्दछ । बाध्यतावस समाजले नपाचाउने अमानवीय गतिविधिहरुको पनि अनुमान लगाउन सकिन्छ । शहरको बसाइ कष्टकर त यसै थियो नै अब झन् असम्भव प्रायःबन्नेछ । यो हाम्रो दोस्रो समस्या हो ।
कोरोना महामारीले निम्त्याउन सक्ने यी यावत समस्याको समाधान तुरुन्तै हुन्थ्यो तर हामीले सृजना गरेको मौलिक समस्या अर्कै छ । सामान्यतया अहिलेका युवाहरुलाई पोल्ने प्रश्नहरु, उमेर कति भयो ? कति पढिस् ? कुन डिभिजन ? आएल्स पास गरिस् ? घर कहाँ हो ?काठमाडौंमा घर कहाँ बनाएको छ ? कमाइ कति छ ? विवाह गरिस् ? बच्चाहरु सरकारी स्कुलमा कि बोर्डिङमा ?कुन देश जाने योजना छ ?गाउँकै केटासँग पो विवाह भयो ?
विद्यालय पढ्ने बेलामा रिजल्टको डिभिजन वा ग्रेडदेखि शुरु हुने समस्या जीवनभर रहिरहन्छ । गाउँको जमिनदारको छोरो काठमाडौंमा तीन आना जग्गाको लागि जीवन बर्बाद गरिरहेको छ । काठमाडौंको तीनआनेको पछिल्लो पुस्ता करीब करीब सुकुम्बासी हुनेछ । स्वतन्त्र रुपमा आफूले चाहे अनुसार पढ्न अभिभावक, शिक्षक, समाज कसैले पनि दिएन । डिभिजन र ग्रेडले बाल्यावस्था मरेतुल्य हुन्छ । त्यसपछि विदेश, कमाइ, घर, गाडी, जस्ता विलासी जिन्दगी यसै समाज र शिक्षाको उपज हो । परिणाम स्वरुप हिमाल, पहाड र तराई सबैतिर कृषियोग्य जमिन बाँझो छ । कृषि पेशालाई हेयभावले हेर्न थालियो ।
नागरिकको वर्तमान र भविष्य दुबै सुरक्षित देखिएन । वर्तमानमा अस्तित्व जोगाउन र भविष्यमा आइपर्ने स्वास्थ्यलगायतका समस्याहरुको लागि मनग्य धन जम्मा गर्न द्रुतगतिमा कमाई हुने उपायहरु चाहियो । राजनीति गर्ने र विदेश जाने बढे । सर्वत्र भ्रष्टाचार मौलायो । यो हाम्रो पहिलो समस्या हो । अब अनुमान गरौं, यो दुबै समस्याले देशलाई कता लैजाला अनि हामी आमनागरिकको जनजीवन कसरी चल्ला ?सिकाइ के भयो ?
विलासी जीवन कष्टकर रहेछ । पैसाले पनि नबाँचिने रहेछ । बाँच्नलाई खाद्यान्न नै चाहिने रहेछ । विदेशीले पनि हाम्रो श्रममात्र किन्दोरहेछ । समस्या पर्दा स्वदेश फर्किन बाध्य पार्दोरहेछ । शिक्षा गरिखाने सीपयुक्त चाहिने रहेछ, त्यो भनेको कृषिकर्म गर्नसक्ने शिक्षा नै उत्तम हो । हाम्रा पुर्खालाई पालेको यही जमिनले रहेछ । मुठी खाएर मुरी उब्जाउने किसान भनेको ठीकै रहेछ । फालेको भात एक छाकलाई पुग्ने भएपछि भोकै बस्नुपर्छ भन्ने अग्रजको भनाइ पनि बुझियो ।
शहरमा मजदुरी गरेर पोख्ने पसिना गाउँकै बाँझो खेतमा पोखेको भए ? भन्ने शहर छोडेर बाँच्नका लागि गाउँ गएकालाई पनि लागेको छ । मानिसले मृत्यु रोज्छ कि आफन्त ? कोरोनाको सन्त्रासले प्रष्ट पारेको छ । भारतमा बाबुको लासलाई टाढैबाट हेरेर रुँदै फर्किएको एक युवाको फोटो चर्चित बन्यो । यसबाट पनि बुझिन्छ लासले पनि समस्या सृजना गर्ने दिन आयो । रोगले आफ्नो अर्काको भन्दैनरहेछ । नेता गाउँ आएन भन्थे, अब त नेता गाउँ आए पनि लुक्नपर्ने दिन पो देखियो । यी सबैबाट के सिकियो भने बाँच्नु सबैभन्दा ठूलो कुरा रहेछ । त्यो हाम्रै माटोमा सम्भव छ किनभने पैसाले किनेर खान पनि नपाइने दिन पनि आउँदो रहेछ ।
वातावरण अर्थात् प्रकृति र मानववीचको सहअस्तित्व जोगाई कृषिको बैज्ञानिक विकास गर्न सकेमात्र जीवन सहज रहेछ । स्वस्थ खाना, स्वस्थ विचार स्वस्थ जीवन । तसर्थ कृषि नै उत्तम पेशा रहेछ । त्यसैले त बुढापाकाहरु भन्छन् कृषि उत्तम, उद्योग–व्यापार मध्यम र जागिर खत्तम । जागिर होइन आफैं गरिखाने सीप ठीक रहेछ । पढाउने स्कुलभन्दा बाबुले पसिना चुहाएको खेतले गुणस्तरीय शिक्षा दिँदोरहेछ । विकसित देशले पनि त यो समस्यासँग जुध्न सकेनन् । तसर्थ विकासको पनि हाम्रै आफ्नै मौलिक अर्गा्निक मोडल हुनसक्छ ।
सम्भावना र समाधान के त ?
कुनै पनि सरकारले फिर्ता बोलाउन नसकेको विदेशिएका युवा कोरोनाले स्वदेश फर्काएको छ । अझ आउने क्रम जारी छ । जुन देशमा गएका हुन्, त्यो देशको सरकारले स्वदेश फर्क भनिरहेको छ । हामीसँग लामो समय लगाएर बनाएको आफ्नै संविधान छ । दुई तिहाई बहुमत भएको शक्तिशाली सरकार छ । संघीय संरचनाअन्तर्गत अधिकार सम्पन्न स्थानीय सरकार छ ।
कोरोना र हाम्रो विगतबाट सिकेको शिक्षा छ । यी सब हाम्रा लागि सम्भावनाहरु हुन् । अब सबै स्थानीय सरकारहरुले मिलेर सरकारकै नारा सही ‘सुखी नेपाली र समृद्ध नेपाल’ बनाउने अभियानका लागि प्रत्येक स्थानीयतहमा एउटा कृषि कलेजको स्थापना गर्नुपर्दछ । व्यवस्थापन, शिक्षा, मानविकी जस्ता संकायलाई कोटापद्धतिमा झारेर कृषि पेशालाई निःशुल्क बनाउनुपर्दछ । कृषिसँग स्थानीय पर्यटनलाई जोड्न सकिन्छ । अधिकार नपुगेका क्षेत्रमा संघीय सरकारसँग अधिकार माग्नुपर्दछ । ७५३ स्थानीय सरकारले सम्भावनाको खोजी गरेर दीर्घकालीन योजना बनाउनु पर्दछ । कुनै पनि उपायबाट शिक्षा र स्वास्थ्य निःशुल्क बनाउनु पर्दछ । यसका लागि स्थानीय सहकारी संस्थाहरुलाई एकीकृत गरी स्थानीय तहस्तरको मजबुद सहकारी बनाउनुपर्दछ । जसले वितरण प्रणाली व्यवस्थापन र पूँजी निर्माणमा सहयोग गर्दछ ।
भविष्य अन्योल देखिएकै कारण कृषिभन्दा बाहेक अरु विकल्पहरु सोचिएको हो । तर जसरी यो समयमा घरमै बसेर कोरोना संक्रमणबाटआफू बच्दा सरकारलाई सहयोग गरेको जस पाइन्छ त्यसैगरी आफ्नो खेतबारीमा उब्जनी गरेर जीवन निर्वाह मात्र गरे पनि राष्ट्र निर्माणमा योगदान गरेको मानी सरकारले राज्यले दिनुपर्ने सुविधा दिनुपर्दछ । अब सरकारले नहुनेलाई राहत दिने होइन, गरिखानेलाई सुविधा दिने रणनीति लिनुपर्दछ । युवालाई स्थानीयतहमा नै परिचालन गर्नको लागि सरकारले उनीहरुको जीवनको उत्तरार्धमा आइपर्ने सबै समस्याहरुको समाधानको जिम्मा लिनुपर्दछ ।
समाजिक सुरक्षाको प्रत्याभूति दिनुपर्दछ र यो सम्भव पनि छ । हरेक युवालाई सारमा तीनवटा महत्वपूर्ण समस्या वा चिन्ताको विषयहरु स्वास्थ्य उपचार, छोराछोरीको शिक्षा र बृद्धावस्था रहेछन् । यी तीन विषयमा सरकारले जिम्मेवारी लिने हो भने हरेक व्यक्ति स्थानीय तहमा रहेर जो सकेको उत्पादनमा लाग्नेछ । यसका लागि न्यूनतम पूर्वाधर सरकारले विकास गर्नुपर्दछ ।
–भूपेन्द्रविक्रम थापा
News Desk 0 response शनिबार, बैशाख ६, २०७७
सम्बन्धित शीर्षकहरु
“अग्रता आरक्षणले होइन चेतनाले ल्याउँछ”
शुक्रबार, साउन २५, २०८१विद्रोही शक्तिले चार पटक सरकारको नेतृत्व गर्दा पनि सक्रमणकालिन न्यायको बिजोग
आइतवार, पुस २२, २०८०-
विद्युतीय माध्यमबाट भुक्तानी प्रोत्साहन : उपभोक्ताले तिरेको..
सोमवार, भदौ २४, २०८१ -
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१ -
सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम..
सोमवार, भदौ २४, २०८१ -
दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१ -
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१
-
विद्युतीय माध्यमबाट भुक्तानी प्रोत्साहन : उपभोक्ताले तिरेको..
सोमवार, भदौ २४, २०८१ -
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१ -
सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम..
सोमवार, भदौ २४, २०८१ -
दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१ -
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
पर्यटन व्यवसायको पहरेदार राजेन्द्र सापकोटालाई सर्वपक्षीय समर्थन
शनिबार, भदौ १५, २०८१