

-

काठमाडौँ । थप जनशक्तिको आवश्यकता रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ३४ चिकित्सक सुदूरपश्चिम प्रदेशमा पठाएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले उक्त प्रदेशमा परीक्षणको दायरा बढाउनुपर्ने भएकाले थप चिकित्सक पठाइएको बताएका हुन् । ती सबै चिकित्सक एक महिनाका लागि पठाइएको र आवश्यकताअनुरुप समय थप गर्न सकिने मन्त्रालयको भनाइ छ । ती सबै चिकित्सक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडिएमएस तहमा अध्ययनरत रहेका छन् ।
कोभिड–१९ को (पिसिआर) र (आरडिटी) सङ्ख्या २४ हजार २०० को परीक्षण गरेको भन्दै मन्त्रालयले क्वारेनटाइनमा चार हजार ७०६ रहेका जनाएको छ । आइसोलेसनमा ९० जना रहेका बताएको छ । स्वमूल्याङ्कन फारममार्फत हालसम्म १८ हजार २०८ ले फारम भरेका छन् । सोमा रेड जोनमा परेका २५१ रहेका छन् । त्यसैगरी परीक्षणको दायरा बढाउनका लागि पिसिआर मेशिन आज पाटन अस्पतालमा पनि जडान गरिएको छ । योसहित उक्त मेशिन देशभरिमा गरी १४ वटा पुगेका छन् ।
हालसम्म सङ्क्रमितको सङ्ख्या १६ नै रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि मन्त्रालयले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयले नियमित गरिने आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्न पनि आग्रह गरेको छ । नियमित खोप सेवा, सुरक्षित गर्भपतन सेवा, दादुरा रुबेला खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग, मलेरिया र एचआइभीलगायतका आधारभूत सेवा सञ्चालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
यी आधाभूत सेवा बन्द गर्दा भविष्यमा झन ठूलो समस्या हुनसक्ने भन्दै मन्त्रालयले सम्बन्ध भएका सबैलाई सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पत्रकार सम्मेलनमा फोक्सो रोग तथा आइसीयु विशेषज्ञ डा अर्जुन कार्कीले हालको समस्या समाधानका लागि स्थानीयवासी ठूलो भूमिका रहेकाले परिक्षणको दायरा बढाउन अनुरोध गरेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख ५, २०७७

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



